Friday, August 7, 2015

सुनको भाउ किन सस्तियो ? अझै कतिसम्म सस्तो होला सुन ? जान्नुहोस्

२१ साउन । पछिलो समएमा नेपालमा
सुनको भाउ उलेखनीय पाराले घटी रहेको
छ । केहि समय आगाडी झन्डै ५४ हजार
रहेको सुनको भाउ अहिले घटेर ४७ हजार
पाँचसयमा झरेको छ। घट्ने क्रम आझै पनि
जारीनै रहेको छ । विश्व बजारमा भाउ
घटेकाले यसको प्रत्यक्ष प्रभाव नेपाली
बजारमा पनि परेको हो । सुनको भाउ
अन्तर्राष्ट्रिय बजारमा विगत पाँच
वर्षयताकै सस्तो भएको छ।अमेरिकी
डलरको भाउ बढेर अन्तर्राष्ट्रिय अर्थतन्त्र
बलियो बन्दै गएपछि सुनको भाउ घट्न
गएको हो । अमेरिकाको अर्थतन्त्र
उकालो लाग्दै जादा सुन भन्दा डलर
बलियो हुन गइ सुनको भाउमा गिरावट
आएको विश्ललेषण गरिएको छ। त्यसैगरी,
सबैभन्दा धेरै सुनको कारोबार हुने चीनमा
माग घट्नु पनि सुन सस्तिनुको आर्को
कारण हो । नेपालमा सरकारले भन्सारमा
प्रति १० ग्राममा १ हजार रुपैयाँ छुट दिन
थालेपछी सुन झनै सस्तो हुन थालेको हो ।
यस्तै तरिकाले घट्दै गएमा सुनको मूल्य अब
४० हजार रुपैंयासम्म झर्ने हो कि भनेर धेरैले
अनुमान गर्न थालेका छन् । तर यतिसम्म
झर्छ भनेर ठ्याक्कै किटान गर्न नसकिएपनि
अहिलेको भन्दा भाउ अझै घट्न सक्ने
व्यावसायीको भनाई छ ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com