अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु
किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ
। घरमा लगेर टिभी वा मोनिटरमा जोडेर
त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।
इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस
मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण
ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल
कम्प्युटर बनाइदिन्छ ।
‘कम्प्युटर अन स्टिक’ अर्थात् लठ्ठीमै कम्प्युटर
भनिएको ‘एसस क्रोमबिट’ नामक उक्त उपकरण
यो वर्षको मध्य अर्थात् जुन महिनासम्ममा
सस्तो मूल्यमै बजारमा उपलब्ध हुनेछ ।
गुगलले आफ्नो ब्लग पोष्ट मा भनेको छ, ‘क्यान्डी
बारभन्दा सानो क्रोमबिट पूर्ण कम्प्युटर हो,
जुन १ सय डलर (१० हजार रुपैयाँ) भन्दा कम
मूल्यमा उपलब्ध हुनेछ ।’
गुगलले भनेको छ, ‘यो डिभाइसलाई कुनै
डिस्प्लेमा जोडेर तपाइँले त्यसलाई कम्प्युटरमा
बदल्न सक्नुहुन्छ । तपाइँसग भएको डेक्स्टप
कम्प्युटरको यो पूर्ण स्तरोन्नती हो र यो स्कुल
तथा व्यवसायका लागि साँच्चीकै उपयोगी
हुनेछ ।’
क्रोम अपरेटिङ सिस्टमयुक्त यो फुच्चे कम्प्युटरमा
दुई जिबी इन्टर्नल मेमोरी तथा १६ जिबी
स्टोरेज क्षमता रहेको छ । यसमा एआरएम
प्रोसेसर रहेको हुँदा चलाउँदा नतात्ने तथा कम
उर्जा खपत हुन्छ ।
गुगलले सस्तो मूल्यका कम्प्युटरको बजार रहेको
बिकाशील मुलुकहरुलाई लक्षित गरि यसको
मूल्य निर्धारण गरेको छ । धेरै उर्जा खपत हुने,
ओसारपसारका लागि समेत समस्या हुने
परम्परागत ठूला कम्प्युटर सीपीयुभन्दा यो
कम्प्युटर निकै उपयोगी हुने गुगलको बिश्वास छ
। उसले अन्य उत्पादकसँग पनि मिलेर
क्रोमबिटको उत्पादनलाई ब्यापक बनाउने
योजना बनाइरहेको छ ।
अहिलेसम्मकै सस्तो ल्यापटप !
यसैवीच गुगलले चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी
हायर र हिसेन्स सँगको सहकार्यमा उत्पादन
गरिएको अहिलेसम्मकै सस्तो क्रोमबुक
ल्यापटपको समेत घोषणा गरेको छ । जसको मूल्य
१४९ अमेरिकी डलर रहने बताइएको छ । यो
ल्यापटपमा ११.६ इन्चको डिस्प्ले रहेको छ ।
गुगलले यसअघि एसर, लेनोभो, डेल तथा
एलजीसँगको सहकार्यमा क्रोमबुक उत्पादन
गरिसकेको छ ।
Wednesday, August 5, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
प्रविधि
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment