Wednesday, August 5, 2015

पेट दुख्ने बेलामा यी सात उपाय अपनाउनुहोस् ............

हामी सबै मानिसहरुलाई पेटको धुखई हुन्छ।
पेटमा बन्ने ग्यास पेट दुख्नुको मुख्य कारण हो ।
पेटमा ग्यास बन्न नदिने उपाय जानौ :
१. पेटमा ग्यास तथा एसिडिटी बनाउन
फूलकोबी लगायतका खाद्य पदार्थ नखाँदा
राम्रो हुन्छ ।
२. खानेकुरा चपाएर खाने गर्नुहोस् । खानेकुरा
चपाएर खाँदा पेटमा ग्यास बन्न पाउँदैन ।
३. सफ्ट ड्रिङ्सले पेटमा ग्यास बनाउने हुँदा
कोकाकोला, बियर जस्ता पिय पदार्थ सेवन
नगर्नुहोस् ।
४. धुम्रपानले एसिडिटीका बढाउँछ । जसले
धुम्रपान गर्छ उसको पेटमा धुँवाको साथमा
हावा पनि पेटमा प्रवेश गर्छ । जसका कारण पेट
दुख्ने गर्छ ।
५. धेरै सस खाने र असन्तुलित भोजन नगर्नुहोस ।
जो व्यक्ति खानेकुराहरुमा ससको प्रयोग गर्छ
उसलाई पेट दुख्छ नै । यसर्च सस अर्थात केचअप
नखानुहोस् । यस्तै आफ्नो शरीरलाई आवश्यक
पर्ने भन्दा धेरै नखानुहोस् । धेरै खाँदा पेटलाई
मात्रै होइन शरीरलाई असर पनि गर्छ ।
६.व्यायाम गर्नु पनि पेट दुखाइलाई टाढा
राख्नु हो । दैनिक व्यायाम गर्दा तपाईंको
पाचन क्रिया सहि तरिकाले हुन्छ । पाचन
क्रिया सही हुँदा पेट दुखाइको समस्या हुने
सम्भावना कम हुन्छ ।
७. दही तथा दूध जस्ता आहार खाँदा पनि
राम्रो हुन्छ । यसले पनि पेट सम्बन्धि रोगबाट
बचाउँछ । यस्तै डायरिया लाग्ने समस्या नहुन
सक्छ ।
८. अति आवश्यक बाहेकका अवस्थामा
एन्टिबायोटिक सेवन नगर्नुहोस् ।
एन्टिबायोटिकले पेटको नियमित कार्य
प्रणालीमा बाधा गर्छ । खाना पचाउन पनि
असर गर्ने हुँदा पेट दुख्ने समस्या आउँछ ।
पेट अन्य कारणले पनि दुख्न सक्छ । तेसैले एक पटक
डक्टर संग परामर्श गर्नुपर्छ

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com