Monday, August 17, 2015

म सँगै रात बिताएर, किन मलाई नै बेश्या भन्छौ ?


यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन र मौका पर्यो
भने फोन नम्बर माग्छन र निस्फिक्री फोन
पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा
तिर्न तयार हुन्छन । कसैले नदेखी सकेसम्म माक्स
लाएर कोठामा भित्रिन्छन अनि नाङ्गिन्छन
। फेरि दुरुस्तै भएर बाहिरिन्छन मानौ केही भएकै
छैन । अझ उसले मलाई नै बाहिर देख्यो भने उसको
साथीलाई भन्छ “ओए हेर न उ.. त्यो बेस्या हो
रे”
‘रे’ लगाईदिन्छ । मानौ उ दुध ले धोएको हो । उ
म सँग सुतेकै हैन । र उ कहिल्यै बेस्या सँग जानै
सक्दैन , उ ईज्जतदार हो । हो.. यहि हो
पुरुशहरुको देखाउने दारा । जो सँग सुते पनि उ
चोखो हुन्छ प्रमाण केही हुदैन । हुन त भगवान ले
पनि नारीलाइ नै ठगेका छन । कसैसँग यौन
सम्पर्क राख्नासाथ नारी कै भर्जिनिटि क्षय
हुन्छ । पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ
बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न
चाही परस्त्री चाहिन्छ । अनि बिहे गर्दा
चाही भर्जिन केटी चाहिन्छ , यो पुरुश हरुको
अर्को लुकाउने दार्हा हो ! पुरुश हरुले महिला
लाई खेलौना अथवा यौन शन्तुस्टी मेटाउने
साधन भन्दा बढी केही सँझदै सँझदैनन ।
सडकमा हिड्ने जो सुकै केटीलाई पनि कसिलो
नितम्ब र थाई देख्यो भने १२ बर्सको ठिटो देखी
७५ बर्षको बुढो सम्मले नियालेर हेर्छ !
बास्तब्मा हामिलाई पनि हेरिदिए हुन्थ्यो
जस्तो नै लाग्छ । गुनासो सिर्फ यति हो कि
पुरुशले पनि किन बेश्याको दर्जा पाउन सकेन ?
किन महिलालाई मात्र दोशी मान्छ हाम्रो
समाज ?
प्रकृतीले समागम कै लागी पुरुश र नारी
बनाएको हुनुपर्छ । नत्र सबै पुरुश भए वा नारी भए
नि भैहाल्थ्यो नि । यदी त्यसो हो भने
सेक्सलाई मानिसले किन लुकाउछन ? बिहेको
पहिलो रातको असह्य पिडालाई बिहान
बुहारीले लुकाउन सक्दिनन् र टाङ फाड्दै हिडेको
देखेर सबैलाइ थाहा पनि हुन्छ कि बुहारीलाइ
गार्हो भै रहेको छ । तै पनि कसैले भन्न सक्दैनन कि
‘बुहारी तिम्रो गुप्ताँङ्ग दुखेको छ आराम गर ‘
भनेर । बरु भित्र भित्रै बुहारि लाई हेरेर गद गद भै
रहेका हुन्छन । यो हाम्रो समाजको खराब पक्ष
नै हो ।
भर्खरै को ताजा घटना एउटी गायिका ,
मोडल ज्योती मगर माथी ‘अभद्र ब्यबहार’ले
सँचार माध्यम तातेका छन । के ज्योतीको
अर्धनग्न शरिर नहेर्ने धृष्टता यो समाजका पुरुश ले
गर्न सक्छन ? के ज्योतिका भिडियो हरु एभोईड
गर्ने ताकत छ पुरुश हरुमा ? छैन । बरु उल्टै अहिले सबै
भन्दा बढी युट्युब मा ज्योतिका भिडियो
लाई क्लिक गरिन्छ । र उनका भिडियोको भ्यु
यो साता मात्र करिब डबल भएको छ । यसको
मत्लब पुरुश लाई उनी मन पर्छीन । फेरी किन
ज्योती ठिक छन भनेर भन्ने आँट कुनै पुरुशमा छैन त ?
मैले सामाजिक सँजालमा खुब ठुला भनाउदा
लेखक,कबी ,लब्ध प्रतिष्ठित ब्यक्ती हरु, अफिसर
हरु र केही कलाकारलाई समेत जोखेकी छु । मै
सँग ईनबक्स मा भल्गर च्याट गरेर पब्लिकमा
नारीको सँमान गर्नु पर्छ भन्ने आशयका लेखहरु
लेख्छन । मलाईनै “स्तन को फोटो पठाईदेउ न” ?
भनेर अनुरोध गर्नेहरु ज्योती मगरलाई गाली गर्दै
स्टाटस अपडेट गर्छन आखिर कतिदिन सम्म
कोखमा दार्हा बोकेर हिड्छौ पुरुश हरु ?
मलाई यौन ब्यबसाय गर्ने रहर छ भने म किन कसैसँग
डराउने ? अझ जसले म सँग यौन सम्पर्क राख्छ उसै
सँग किन म लुकेर हिड्ने ? मैले किन सँम्मान साथ
यौन ब्यबसाय अपनाउन नसक्ने ? के यो देश
अघोसीत पुरुश बेश्या हरुको मात्र बपौती हो ?
यस्ता कैयन अनुत्तरीत प्रश्न छन जस्को उत्तर सबै
लाई थाहा छ तर कोही बताउन चाहाँदैनन् ।
यदी मलाई यौनकर्मि हुन रहर लाग्यो भने मलाई
कसैले रोक्न सक्दैन चाहे कानुन चाहे परिवार ।
मलाई थाहा छ यही मेरो लेखमा पनि पुरुस हरुले
र केही लुकेर बेश्याबृती गर्दै बाहिर बाहीर
महिला यस्तो हुनुपर्छ यस्ता लुगा लगाउनु पर्छ
भन्दै महिलाकै ओकालत गर्ने छद्मभेशी हरुले भद्दा
सब्द मा गालि गर्न सक्छन । तर मलाई त्यस्ता
हरुप्रती सहानुभुती बाहेक केही छैन ।
जबसम्म पुरुशहरु र केहि महिला हरु समेत
औपचारिकता को खोल ओढेर महिलालाई
गालि गर्दै लुकेर नाङ्गो नाच हेर्छन र खुद
बेश्याबृती गर्छन तब सम्म यो समाज अठारौ
सताब्दीमा छ भनेर भन्दा फरक पर्दैन । -
ejanata.com

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com