लोक गायिका ज्योती मगर फेरि विवादमा
परेकी छिन्। तीजको एउटा भिडियो
छायाङ्कनको क्रममा बालाजुका महिलाले
उनलाई कुटपिट गरेको र प्रहरीमा बुझाएको
खबरले केही दिनअघि फेसबुक/ट्विटरको
टाइमलाइन भरियो। अमेरिका बस्दै अाएका
लोकगायक रामप्रसाद खनाल समेत उनीविरुद्ध
खनिए। यही सेरोफेरोमा रहेर नागरिकन्युजले
उनीसँग गरेको अन्तरवार्ताको अंश:
बालाजुमा तीजको गीत सुटिङ क्रममा तपाइँले
कुटाइ खाएको कुरा चर्चित बनेको छ। खास
भएको के हो?
खास केही भएको होइन। म त्यो दिन अर्कै
काममा व्यस्त थिएँ। ११ देखि २ बजेसम्म
फोटोसुटमा थिएँ। त्यपछि एटिकमा लन्च र
नैकापमा तीजसम्बन्धी गीत रेकर्डिङ गर्न गएँ।
साँझ घर आएर यो कुरा सुन्दा छक्क परेँ।
तीजको गीत रातो सारी रातै छ कलर, एक
रात सुत्न एक हजार डलर सुटिङ भएको हैन त्यसो
भए?
एकदम गलत हो। प्रहरीलाई फोन गरेर सोध्न
सक्नुहुन्छ। उहाँहरुले मलाई फोन गरेर ‘ज्योतीजी
यस्तो कुरा आइराछ’ भनेर सोध्नुभएको थियो।
मैले केही होला। कसैले यतिकै जोक गरेको होला
भन्ने जवाफ दिएँ। हिजो (बुधबार) १२ बजेसम्म
नर्मल होलाजस्तो सोँचेको थिएँ। ३-४
बज्दासम्म त फोनको घन्टी बारम्बार बजेर
तनाव दियो। अब यो कुरामा एक्सन पनि
लिनुपर्छ जस्तो लागेको छ। मेरो भलो
नचाहनेहरुले यस्तो गरेको जस्तो लाग्यो।
तपाइँका सधैँजसो यस्ता विवाद आइरहन्छन्।
किन होला?
किन आउँछ मलाई नि थाहा छैन। यो कुराले म
छक्क परेकी छु। तपाइँहरुलाई थाहा होला बरू।
तपाइँको प्रस्तुति शैलीले गर्दा यस्तो भएको
जस्तो लाग्दैन?
त्यो भन्दा पनि मलाई के लाग्छ भने दर्शक
स्रोताको सोचाइ र मेरो सोचाइ लगभग
मिल्छ। मलाई अलिकति हट खालको गीत गाउन
मन पर्छ। आफूलाई त्यसमा ढाल्न मनपर्छ। समाज
बद्लिँदै गइरहेको छ। त्यो परिवर्तनसँगै गीत
संगीतको शैली पनि फेरिँदै गएको हो जस्तो
लाग्छ। अहिलेका दर्शक स्रोताले मन पराउने
कुरामा मलाइ बढी रूचि छ। मैले सिम्पलमा पनि
धेरै काम गरेको छु। सारीमा पनि गरेको छु।
उहाँहरुलाई त्यो मन पर्दैन। हेरिदिनु हुन्न।
भनेपछि तपाइँ अडियन्स जे चाहन्छन् त्यही
दिनुहुन्छ?
ठ्याक्कै त्यस्तो पनि होइन। म दुवै दिन्छु। एउटा
संस्कृति उजागर गर्ने पनि गाइरहेकी छु। पोहोर
साल नेपाली पनि एउटा मैलिक गीत गाएकी
थिएँ। सर्च गरेर हेर्न सक्नुहुन्छ। राप्तीपारी
दिनुभयो बाबाले… बोलको गीत जामानाको
हो। त्यसमा मैलिक नृत्य प्रस्तुत गरेकी छु। अहिले
राप्ती तर्ने जामाना छैन। पुल छ, गाडीहरु छ,
प्लेन छ, धेरै कुरा फेरिइसक्यो। पौराणिक
कुरालाई मैले छोडेकी छैन। म पनि युवा हो।
मलाई के मन पर्छ, उमेरअनुसार मेरो पनि त आफ्नो
छनैट हुन्छ नि। त्योअनुसार मेरो प्रस्तुति हुनेगर्छ।
एकथरि मान्छेहरू तपाइँले छोटो र भडि्कला
लुगामा तीज गीत प्रस्तुत गरेको, तीज संस्कृति
बिगारेको आरोप लगाइरहेका छन्। सामाजिक
सञ्जालबाट महिलाहरुले नै तपाइँका प्रस्तुतिको
बिरोध गरिरहेका छन्। के भन्नुहुन्छ?
तीज संस्कृति बिग्रेको हो भने त्यसमा ज्योती
मगर मात्र जिम्मेवार छैन। ‘जामा छोटो
भायो’ भन्ने गीतको भिडियोमा छोटो
जामा लगाएँ। कोमल दिदीले डिस्कोमा तीज
भनेर त्यहीअनुसार भिडियो बनाउनुभयो।
कोमल दिदीले नै बुहारी सर्टपाइन्ट लाउन
थालेछौ भनेर भिडियो गर्नुभयो। त्यो पनि
हाम्रो कल्चर होइन। अर्को झरना थापा
दिदीले पनि सर्टपाइन्टमा नाच्नुभएको छ। यो
युवा पुस्ताको चाहना हो। समयको माग हो।
लोक गीत तीज गीत भनेको के त? मान्छेहरुले सुन्ने
गीत। लोकले सुन्ने गीत। मान्छे नै परिवर्तन
भएपछि गीतसंगीत नफेरिने भन्ने कुरै हुँदैन।
तपाइँका गीत हेरेर तपाइँलाई गाली गर्नेहरू थुप्रै
छन्। उहाँहरूलाई किन त्यस्तो गर्नु परेको होला?
हेर्नु पनि हुन्छ। पचाउन गाह्रो भयो पनि
भन्नुहुन्छ। गाली पनि गर्नुहुन्छ। एउटै व्यक्तिले २०
पटकसम्म क्लिक गरेर मेरो भिडियो हेरेकोसम्म
मैले पाएकी छु। पचाउन नसक्ने मान्छेले एकचोटी
हेरेर त्यसलाइ ‘ब्यान्ड’ गर्नुपर्ने होइन? किन
हेर्नुहुन्छ? त्यो राम्रो लागेरै हेर्नुभएको हो नि।
हेर्ने मज्जा लिने। गाली गर्ने माया गर्ने यी
यावत कुराहरू चलिरहन्छन्। सामान्य हो। मेरो
प्रशंसक पनि देश विदेशमा थुप्रै छन्। उहाँहरुले
यस्तो कमेन्ट गर्नुहुन्न। अहिले पनि म्यासेज गरेर
‘किप इट अप तपाइँ लागिरहनुस्’ भन्नेहरू धेरै छन्। म
मेरा फ्यानहरुलाई सम्मान गर्छु। उहाँहरुको
मायाले नै म यहाँ छु। वास्तविकता के हो भने
गाली मात्रै पाएकी थिएँ भने ज्योति मगर
अहिले यो ठाउँमा हुने नै थिइनँ।
गाउँमा अझै पनि लोक गीताको प्रभाव बुलन्द
छ। सहरिया भएर लोकगीत गाउन खोज्दा
यस्तो भएको त होइन?
मलाई त्यस्तो लाग्दैन। म गाउँगाउँ पनि गएकी
छु। नेपालको ५०-६० जिल्ला पुगेकी छु। प्रत्येक
गाउँ गएर सुन्नुस् त्यहाँ सोलो गीत हराउँदै गएको
छ। यो कुरा म आफैंले पनि अनुसन्धान गरेकी छु।
मलाई पनि लाग्थ्यो मैले गलत त गरिरहेको छैन।
गाउँले युवाको सोच, विचार मैले बुझेकी छु। म
अहिले पनि सेलिब्रेटी नभएर एक आम ज्योती
मगर भएको ठान्छु। गाउँको पूजाहरूमा गएर
हेर्नोस त्यहाँ सोलो गीतमा नाचिदो रहेछ
वा हिन्दी गीतमा नाचिने रहेछ। मैले पाएँ
त्यहाँ नेपाली आइटमहरु लाउँछन्, उध्रेको चोली,
उही मुलाको चाना, जीम्बल बाउकी
छोरीमा नाच्छन्। समाज त्यतातिर गइरहेको
छ।
अमेरिकाबासी तपाइँकै क्षेत्रका एकजना अग्रज
रामप्रसाद खनालले ज्योतीले यस्तो गीतमा
नाच्नुभन्दा ब्लु फिल्म खेल्दा राम्रो हुने
टिप्पणी गरेका छन्। उहाँलाइ के भन्नुहुन्छ?
उहाँ मेरो अग्रज हुनुहुन्छ। म उहाँको छोरीको
उमेरकी हुँला। उहाँको कुराले उहाँको लेभल स्पष्ट
हुन्छ। उहाँको सोचाइ छर्लंग हुन्छ। उहाँले के
हेर्नुहुँदो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ। ब्लु
फिल्मबारे मलाई थाहा छैन, अहिलेसम्म हेरेको
छैन। मैले डान्सिङ नम्बर हेरेकी छु। आइटम नम्बर
हेरेकी छु। लोकमा फ्युजन दिएको हेरेकी छु।
मलाई यी कुराहरुमा रूचि हो। यिनैबारे थाहा
छ। र मेरो समग्र काम नै यिनै कुराको वरिपरि
घुमिरहेको छ। म उहाँलाई भन्न चाहन्छु- ब्लुफिल्म
भनेको के हो? मेरो विनम्र अग्रह छ पहिला ब्लु
फिल्म बनाएर मलाई देखाइदिनुस्। उहाँको
अभिनय भएको ब्लुफिल्म म हेर्नेछु। त्यसपछि म
सोँचौला।
तपाइँ त आदर्श समाज मानिने रोल्पाको
मान्छे। तपाइँको विचारधारा त गाउँभन्दा
विल्कुल फरक छ। गाउँ जाँदा के भन्छन् गाउँलेहरु?
तपाइँले भने जस्तो म गाउँभन्दा कता हो कता
अपोजिट छैन। मैले त्यही समाज फलो गर्छु। मैले
चौबन्दी चोली, मायासँग लगायतका गीत
गरेकी छु। मलाइ नचिन्नु मेरो दोष हैन म
अलिकति कन्जरभेटिभ छु। तपाइँले भनेजस्तो
त्यहाँको समाज त्यहाँ केही हदसम्म छ।
अशिक्षाका कारण रूढिगत कुराहरू बाँकी भए
जस्तो लाग्छ। समाज र देशको परिवेशभन्दा
टाढा म छैन। फेरि म रोल्पाको मात्र पनि
होइन। म नेपाली हुँ, नेपालकी छोरी हुँ।
एकथरि लोक गीतमा परिवर्तन गर्न चाहँदैनन्।
जोखिम ठान्छन्। तपाइँ लोकगीतको
पृष्ठभूमिबाट आउनु भयो। हिट हुनलाइ हो
त्यसका धेरै शैली फेरिदिनुभयो?
एक बेला मलाइ विष्णु माझीजस्तै गीत गाउन मन
थियो। दुइटा एल्बम निकाल्दासम्म मेरो भोकल
राम्रो हुँदैन भनेर विष्णु माझीहरुलाई राखेर
काम गरेँ। पछि आएर कस्तो फिल भयो कि म त
गायिका हो। मैले गीत गाउनुपर्छ। मेरो नशा
नशामा म्युजिक छ। म गीत सँगै सुत्छु, गीत सँगै
उठ्छु। मैले यसमा केही बदल्न खोजेँ। त्यही भएर
उही मुलाको चानामा मैले परिवर्तन नै गरेकी हुँ।
मैले धेरै दुःख पनि गरेकी छु। एउटी नेपाली चेलीले
गरेको संघर्षमा त्यो गीतले नयाँ मोड
ल्याइदियो। न्यौपाने नयाँ कम्पनीले रिलिज
गरेको त्यो गीत हिट भयो। मैले त्यही ट्रेन्डलाइ
फलो गरेँ। दर्शक र स्रोता जुन ट्रेन्डलाइ मन
पराउँछन् त्यसलाइ समात्नु मेरो अपराध हैन। फेरि
अहिले गाइने लोक गीत कुनै टिपिकल होइनन्।
मैले त्यही म्युजिकलाई, त्यही बाजालाई,
त्यही इन्स्ट्रमेन्टलाई डान्सिङ नम्बरमा
रुपान्तरण गरेकी हुँ। धेरैले स्लो नम्बरमा गर्नुभएको
छ। फरक त्यतिमात्र हो।
धेरैले तपाइँका भिडियोहरु घरमा बाआमासँगै
बसेर हेर्न नसिकने भड्किला छन् भन्छन्। तपाइँका
पछिल्ला भिडियोहरुमा अलि बढी भए जस्तो
लाग्दैन?
मलाइ बढी भए जस्तो लागेको छैन। मैले मेरा
बाआमा सँगै मेरो भिडियोहरु हेरेकी छु। अर्को
कुरा भनेको हेर्ने जमाना पनि बद्लिँदै गएको छ।
टिभीमा हेर्न छोडेर कम्प्युटर र मोबाइलमा
भिडियो हेर्नैहरू बढ्दै गएका छन्। मोबाइलमा कुन
परिवारले सँगै भिडियो हेर्छ? साँच्नै भन्ने हो भने
त्यहाँ मान्छे एक्लै हेरिरहेको हुन्छ। त्यसैले
परिवारसँगै हेर्न सक्नुभएन भने एक्लै हेर्नुहोस्,
मोबाइलबाट हेर्नोस्।
तपाइँले मेरा राम्रा कुरा मात्र देखाएकी हुँ भनेर
प्रतिक्रिया दिनुभयो भन्ने पनि सुनियो…
त्यो त कला हो। (हा…हा…हा…) मैले जति
थाइ सबैले देखाउँछन् भलै मेरो अलिकति राम्रो
होला। यो सामान्य कुरा हो। लगाउन मिल्ने
जति नै कपडा मैले पनि लगाउने गरेकी छु। मैले
देखाउने चिजहरु देखाउने सम्मको नै हो। मेरो
अलिकति राम्रो भएर मान्छेहरुलाई देखायो
भन्ने पनि लाग्या होला। म पनि आम मान्छे हुँ।
युवा मन हो रहर लागेका कुरा लगाउन मन
लाग्छ। भिडियो हेरे थाहा भइहाल्छ मैले कति
देखाउँछु वा देखाउँदिन भनेर। कुरा के मात्रै हो
भने छोरीलाई मिनिस्कर्ट किनिदिएर मैले
स्कर्ट लगाएको बिरोध गर्नु भएन।
तपाइँलाई अफ्नो सौन्दर्यमा निकै
अत्मविश्वास छ है…?
शारीरिक सौन्दर्यभन्दा पनि मेरो मन सुन्दर छ।
मेरो विचारहरु सुन्दर छन्। यो मामिलमा म
कन्फिडेन्स छु। सुन्दरता मान्छेहरुको दुस्मन पनि
हो। यसले धेरै गडबडी पनि निम्त्याउँछ। म
भन्दिन म राम्री छु तर मेरो फिलिङ स्ट्रोङ छ।
त्यसैलाई म सुन्दर मान्छु। नागरिक न्युज बाट
साभार गरिएको
Monday, August 17, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment