भुँईचालो पछिका दिनहरु बिताउन सार्है कठिन
भएको छ ।
नेपालका हावा ज्योतिषी, स्वदेश र बिदेशका
भुगर्बबिदहरुको बिवादित र नेपालमा मेल
नखाएको बिज्ञप्ती र भबिश्यबाणीबाट
दिक्क लागेको छ ।
भुईचालो कहिले आउन्छ यो थाहा हुन्दैन । तर
यस्तो आउन्छ भनेर समय दिएर त्रास फिजाउनेको
हल्लालाई मान्य या नमान्ने ?
सजकता अपनाउने कि नअनाउने ?
म थाकिसके ।
आज काल रात्री , अरुको कुरा बिश्वास नगरे
पनि म सजक छु । खाना खाएर चार तलाको
ढलानको घरमा म श्रीमती संगै निदाउने
प्रयासमा छु ।
हामीलाई गर्मीको छटपटाउ मनको त्रासले
भित्र भित्र तड्पीरहेका छौ । सायद उनमा
पनि त्रास छ , उनले ब्यक्त गरिनन् ।
कोठाको स्टाण्ड फाईनले बडो आनन्दको
शितलताले हामी निदाउन लागेका थियौ ।
रातको पौने बार्ह्र बजे ठुलो आवाज संगै कोठा
थर्कायो ।
ढयाङ्ग . . . .ढुरर . . ढयाङ्ग. . . . ढुरर हामी
जुरुक्क उठेर ढोका खोल्न पुग्यौ । ढोका खोल्नै
सकिन । म संयम भएर सोच्दैछु ।
अब तल भाग्ने वा कौशीमा , आजको प्रलय
निश्चित छ । कुनै अवस्थामा पनि बाँच्न
सकिन्दैन । आवाज र ढडकनमा कुनै कमी आएको
छैन । हामीले संकल्प गर्यौ ।
बुढाबुढी एक अर्कोलाई अंकमाल भएर एक चिहान
हुनेछौ ।
बाहिर कुनै कोलाहल छैन । घर भत्केको छैन ।
बिस्तारै हेर्यौ । फाईन भित्र पंखाको सानो
कभर फुत्किएर मेरो कोठालाई केन्द्रबिन्दु
बनाएर १२ गतेको जस्तै बेजोडको आवाजले कोठा
थर्काउदै छ ।
-जयदेश श्रेष्ठ

No comments:
Post a Comment