क्रान्तिका भञ्ज्याङहरू हर्षका गुलाफ हुन सक्छन् म बाइबल हुन सक्दिन जिन्दगी बदलिने यात्रामा गुडिरहन सक्छु
नैतिकता बिक्रि गर्न सक्दिन
विचारले
कालमाक्र्सको स्विकार गर्न सक्छु
बाइबल स्विकार गर्न सक्दिन
म एक यात्री हुँ
द्वन्द्वात्मक भौतिकवादको
धर्म निरपेक्षता रुचाउन्न
मेरो घर कसैको साम्राज्य भवन होइन
बाइबलको हावा चलिरहेछ किन रु
मेरो पूर्वीयदर्शन नै प्यारो छ
हिमाली देशलाई ।
बाइबल किन टाँसिइरहेछ लिसोझैँ
नेपालीहरूको छातीमा
आँखा बिझाइरहे छ
आज
गर्धन तन्काएर
बाइबल गाउँ गाउँ किन छिरिरहेछ
चोक चोकमा
उसको भजनमण्डली किन घुम्छ
तर बाइबल
मलाई छुँदै छुँदैनन्
युद्धको बारीमा
मान्छे उमारेर
राज्यको सीमाभरि
हिन्दू छर्नु छ
बाइबलको भेल रोक्न
ड्याम बनाउँदै छु
उर्लदो अरुणझैँ
रावी नदी सम्म
राष्ट्रियता खोज्ने मानिस खोजीरहे छु
देश जोगाउन
बाइबल धपाउन आह्वान् गरिरहेछु
नेपाल अजुर्नको हो
कृष्णको घर हो
त्यसैले हिमाल बाँचेको छ
हाम्रो स्वाभिमानसँगै
राज्य पाउने ताण्वमा
बाइबलको प्रलय किन हो रु
मेरो बुद्धको आँखा फोरेर
कदापी क्रिचियन हुन सक्दिन
मेरो धर्म पनि छ
मेरो अस्तित्व बेचेर
मलाई धनी हुन र
राष्ट्रिय नेता हुनु छैन
यति बेला
मेरो हाँसो
रुखझैँ भाँचिएको छ ।
मेरो महादेव र
पार्वती विरुद्ध धावा बोलेर
राजनीति गर्नेहरूले राजनीति नगरे हुन्छ
मेरो देशे मरुझ्याल विरुद्ध
कोही नउठे हुन्छ
मेरो हनुमान विरुद्ध
बाइबल आउँछ भने
बाइबलको खप्पर च्यातेर
पतिङ्गरझैँ फाल्न सक्छु
देवकीको पुत्र हुँ
कदापी डराउँने छैन
मेरोघर भाँचिनु हुन्न, टुक्रिनु हुन्न
माकुराका जालझैँ फैलिएका
बाबललाई
अमृशाको कुच्चोले हटाऊँ
आऊ नेपाली
राता जुनकिरीहरू
म बाइबल हुन सक्दिन ।
Friday, August 7, 2015
New
म बाइबल हुन सक्दिन
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
साहित्य/लेख
Labels:
साहित्य,
साहित्य/लेख
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment