Monday, August 10, 2015

प्यूठानमा बस दुर्घटना, ४ को मृत्यु

प्यूठान, श्रावण २५ - सदरमुकाम खलंगाबाट बांगेमरोट सौतामारे जाँदै गरेको स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायीक समितिको  ना ३ ख ८३८३ नम्बरको बस पल्टिंदा ४ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो प्यूठान नगरपालिका २ स्थित नेपाली सेनाको व्यारेका नजिक घूम्तीबाट बस ५० मिटर तल खसेको छ ।
दुर्घटनामा  ४० भन्दा बढी घाइते भएका छन् । घाइतेको नेपाली सेना, नेपाल प्रहरी स्थानीय समूदायले उद्धारगरि जिल्ला अपताल बिजुवार ल्याउँदै गरेको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए ।
सबैजना अझै उद्धारमा रहेकाले घाइते र मृत्यु बारे थप यकिन भइनसेको कार्कीले बताए । सरकारी कामकाजको लागि सदरमुकाम आएकाहरु चढेको गाडी र्फकदै गर्दा पल्टिएको हो । दुर्घटनामा चालकको पनि मृत्यु भएको  प्रहरीले जनाएको छ 



pyuthan

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com