काठमाडौं, साउन २३ । लामो समय
सम्मको विवाद र बहस पछि मुख्य
दलहरुबीच ६ प्रदेशमा सहमति भएको छ ।
बिहानै देखि छलफलमा जुटेका शीर्ष नेता
सहितको संवैधानिक राजनीतिक संवाद
तथा सहमती समिति अन्तर्गतको विशेष
समितिको बैठकमा तराईमा २ प्रदेश र
पहाडमा ४ प्रदेश बनाउने गरी सहमति
जुटाएका हुन् । प्रदेशको नामांकन भने
भैसकेको छैन । स्रोतका अनुसार कैलाली र
कन्चनपुरलाई नछुट्याउने तथा झापा, मोरङ
र सुनसरीलाई पनि पहाडी जिल्लासँग
जोडेर एकै प्रदेशमा राख्ने गरी सहमति
जुटेको छ । दलहरु बीच भएको सहमति संगै
संविधान जारी गर्ने बाटो सहज भएको छ
। सहमति अनुसार दलहरुबीच भएको
प्रदेशको सिमांकन यसप्रकार छ :
प्रदेश १ : मेची र कोशी अञ्चलका सबै
जिल्ला
सगरमाथाको सोलुखुम्बु, खोटाङ, उदपयपुर
र ओखलढुंगा
प्रदेश २ : पर्सादेखि सप्तरीसम्मको तराई
पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा,
सिरहा, सप्तरी, सर्लाही
प्रदेश ३ : बागमती अञ्चलका सबै जिल्ला,
नारायणिको मकवानपुर र चितवन तथा
जनकपुरको सिन्धुली, दोलखा र रामेछाप
बाग्मती अञ्चल : भक्तपुर, धादिङ,
काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट,
रसुवा सिन्धुपाल्चोक
प्रदेश ४ : गण्डकी र धवलागिरी अञ्चलका
सबै जिल्ला र नवलपरासीको
दाउन्नेदेखिको पूर्वी भाग
गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ,
स्याङ्जा, तनहुँ र मनाङ
धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी,
पर्वत र मुस्ताङ
प्रदेश ५ : राप्ती अञ्चलका सबै जिल्ला,
लुम्बिनी अञ्चलका सबै जिल्ला र
नवलपरासीको दाउन्नेदेखि पश्चिमको
भाग र भेरी अञ्चलका बाँके र बर्दिया
लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही,
अर्घाखाँची, गुल्मी र पाल्पा
राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा,
रुकुम र सल्यान
प्रदेश ६ : सेती, महाकाली र कर्णाली
अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत,
जाजरकोट र दैलेख
कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला,
कालीकोट र मुगु
सेती अञ्चल : कैलाली, अछाम, डोटी,
बझाङ र बाजुरा
महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा,
बैतडी र दार्चुला
Saturday, August 8, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment