Wednesday, August 5, 2015

सलमान खान भन्छन : ‘सुपरस्टार त बनेँ, असल छोरा बन्न सकिन’

सलमान खानलाई नचिन्ने कोहि पनि छैन ।
बच्चा देखि वृद्धा सबै जनाले सलमानलाई चिन
छन् भने उतिनै माया पनि गर्दछन । सलमान एक
चर्चित तथा लोक प्रिय नायक हुन् ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको आफ्नो
नयाँ चलचित्र ‘बजरंगी भाइजान’को प्रमोशनमा
व्यस्त बलिउड नायक सलमान खानले आफू असल
छोरा बन्न नसकेको बताएका छन् । बलिउडमा
आएर आफू सुपरस्टार बनेपनि नम्बर १ छोरा बन्न
नसकेको सलमानको भनाई छ ।सलमानले आफू सधै नै
बाबु-आमाको नम्बर १ छोरा बन्न चाहेको तर
नसकेको बताएका हुन् । लामो समयदेखि ‘हिट
एन्ड रन केस र कालो हरिणको शिकार’ गरेको
मुद्दा लडिरहेका सलमान आफ्नै कारणले आफ्ना
बुबा र आमा चाडै बुढो बनेको बताउँछन् ।
यसअघि नखोलेका मनका कुरा खोल्दै सलमानले
आफ्नो कारणले परिवार सधै नै चिन्तामा रहेको
बताए । उनले आफ्नो समस्या पुरै परिवारले एक
भएर लडेको बताउँदै अब अगाडि जे हुन्छ त्यसलाई
भोग्नका लागि आफ्नो परिवार तयार भएको
पनि बताए । सलमानले चलचित्रको प्रमोशन धेरै
गर्नुपर्ने आवश्यकता नभएको बताए । उनले दर्शकले
कुनै पनि चलचित्र हेर्ने वा नहेर्ने निर्णय पोष्टर र
ट्रेलर हेरेरै गरिसक्ने बताएका छन् । सलमानले
बलिउड चलचित्रले दर्शकको मन छुने बताए ।
हलिउड चलचित्रको बिषयवस्तु नै अलग हुने भन्दै
उनले बलिउडले दर्शकको दिल छुने र मनपर्ने
बताएका हुन् । उनको सोच तेस्तो भए पनि उनको
बलिउडमा निकै नाम भएकोले उनको आमा बुवा
पनि गर्ब छन् होला । सलमानको भबिस्यको
उच्च कामना गर्दछौ । उनले सबै मानिसहरुलाई
आफ्नो चलचित्र बाट खुशी बनाएका छन् तेसरी
नै आफ्नो आमा बुवा पनि खुशी हुन्छन भनने
कामना गर्दछौ । स्रोत : ओ यस नेपाल

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com