Monday, August 3, 2015

संसद चल्न नदिने राप्रपा नेपालको चेतावनी सभामुखले गृहमन्त्रीलाई डाके

काठमाडौ, श्रावण ७ - राप्रपा नेपालले हेटौडामा आफ्ना सभासद कमल थापा र गणेश थापा सहितका व्यक्तिमाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद चल्न नदिने चेतावनी दिएको छ । व्यवस्थापिका संसद बैठकमा बिहीबार उक्त पार्टीले घटनाको स्वतन्त्र छानवीन गरी दोषीलाई कारवाहीको माग गरेको हो ।
बैठकमा बोल्दै पार्टीका सचेतक दीलनाथ गिरीले तत्काल छानवीन भएर दोषीलाई कारवाही नभएसम्म सदन चल्न नदिने चेतावनी दिए । संविधानको मस्यौदामाथि जनताको सुझाव कार्यक्रममा बिरोध गर्न पुगेका बेला भएको झडपमा कमल थापा सहित अन्य घाइते भएका थिए ।
सभामुख सुवासचन्द्र नेम्वाङले उक्त घटना बारे अब आउने बैठकमा गृहमन्त्री बामदेव गौतमलाई जवाब दिन बोलाएपछि आजको बैठक स्थगित भएको छ । अर्को बैठक साउन १० गते अपरान्ह ३ बजे बोलाइएको छ 
ca

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com