सोलोमन द्वीपसमूहमा शनिबार
बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको छ ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीसी)
का अनुसार सोलोमन द्वीपसमूहको तटीय
क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प महसूस
गरिएको छ । तर, यो भूकम्पबाट सुनामीको कुनै
सम्भावना भने नरहेको अमेरिकन भूगर्भ विभागले
जनाएको छ ।
शुरुआती रेकर्डमा भूकम्प ७.५ म्याग्निच्यूड को
भएको समाचार आएको थियो । पछि रेकर्डमा
सुधार गरेर भूकम्प ७ म्याग्निच्यूड बताइएको हो
।
यो भूकम्पको केन्द्रबिन्दु सोलोमन द्वीपसमूहको
लाताबाट ७८ किलोमीटर पश्चिम-उत्तरमा
रहेको थियो । यो स्थान राजधानी
होनियाराबाट लगभग ५८३ किलोमिटरको
दुरीमा रहेको छ ।
भूकम्प ७.३ म्याग्निच्यूडको बताउँदै
जियोसाइन्स अस्ट्रेलियाले भूकम्प प्रभावित
क्षेत्रको केही हजार किलोमीटर परसम्मको
भूभागमा सुनामी आउने आशंका जनाएका थिए
।
अमेरिकाको हवाईस्थित प्रशान्त सुनामी
चेतावनी केन्द्रले यो भूकम्प ६.९ म्याग्निच्यूडको
भएको जनाएको छ । सबै तथ्यांकको अध्ययनपछि
वैज्ञानिकहरुले सुनामीको आशंका करिब
समाप्त भएको जनाएका छन् ।
यसअघि सन् २०१३ मा सोलोमनमा ८
म्याग्निच्यूडको भूकम्पपछि सुनामी आउँदा सो
क्षेत्रमा १० जना मानिसको ज्यान गएको
थियो । सुनामीले बस्ती भत्काउँदा हजारौं
मानिस विस्थापित भएका थिए।
Saturday, July 18, 2015
New
सोलोमनमा ७ म्याग्निच्यूडको भूकम्प
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
अन्तराष्ट्रिय समाचार
Labels:
Slider,
अन्तराष्ट्रिय समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment