काठमाडौं : टी-ट्वेन्टी विश्वकप छनोट
क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको
खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले
पराजित भएको छ ।
यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने
सपना करिब समाप्त भएको छ ।
नेपालले दिएको ९४ रनको लक्ष्यसहित जबाफी
ब्याटिङमा उत्रेको पपुवा न्युगिनीले १४.१
ओभरमा ९९ रन बनाएपछि नेपालको विश्वकपमा
पुग्ने सपना तुहिने अवस्थामा पुगेको हो ।
यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने
सपना करिब समाप्त भएको छ । अब नेपालले
विश्वकपमा पुग्न अन्य टिमको खेलमा भर पर्नुपर्ने
भएको छ ।
नेपाललार्इ पराजित गर्ने क्रममा पिएनजीका
लागि नटआउट रहेका असद भल्लले सर्वाधिक ३४
रन बनाए । त्यसैगरी टोनी उर्रले ३२ रनको
योगदान दिए । किल पलको नाममा २२ रन
रहयो ।
नेपालका लागि सोमपाल कामी र बसन्त
रेग्मीले १/१ विकेट लिन सफल भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले
१९.३ ओभरमा ९३ रन मात्रबनाएको थियो ।
अघिल्ला खेलमाजस्तै आजको खेलमा पनि
नेपालका भरपर्दा ब्याट्सम्याहरु फ्लप सावित
हुँदा नेपाल झिनो स्कोरमा समेटिएको थियो
।
नेपालका लागि ओपनर प्रदीप एेरीले सर्वाधिक
२९ रन बनाए । त्यसैगरी अर्का ओपनर सागर पुन १५
रनमा आउट भए ।
अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न नसक्दा
नेपाल पराजित हुन पुग्यो । भरपर्दा ब्याट्स
म्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि
आजको खेलमा असफल भए । उनी ७ बलमा २ रन
बनाएको अवस्थामा आउट भए ।
त्यसपछि पनि नेपालको विकेट पतन जारी
रह्यो । नेपालका लागि २९ रन बनाएको
अवस्थामा प्रदीप एेरी आउट भए । त्यसलगत्तै
कप्तान पारस खड्का ५ रनको स्कोरमा क्याच
आउट भए ।
शरद भेसवकारकले पनि जादु चलाउन सकेनन् । उनी
पनि १५ बलमा ११ रन बनाएको अवस्थामा
पबेलियन फर्के। त्यसपछि विनोद भण्डारी पनि
टिक्न सकेनन् । उनी पनि २ बलमा ४ रन बनाउँदै
आउट भए । बसन्त रेग्मीले २ रन मात्र जोडे ।
पपुवा न्युगिनीका लागि जोहन रेभा, माहुरु
दाइ र असद भल्लले समान २/२ विकेट लिए ।
Friday, July 17, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
खेलकुद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment