Friday, July 17, 2015

दियो जापानलाई चेतावनी

बेइजिङ - बिग्रँदो क्षेत्रीय शान्ति
सुरक्षाप्रति चीनले जापानलाई चेतावनी
दिएको छ । चीनको यो चेतावनी जापानी
संसदले जापानले हालैे सैन्यशक्ति विदेश पठाउन
सक्ने गरी विधेयक पास गरेपछि आएको हो ।
जापानले दोस्रो विश्वयुद्ध यता आफ्नो
सेनालाई देश बाहिर पठाएको छैन ।
“अब जापानसमक्ष यो प्रश्न सोध्न आवश्यक
भएको छ कि के जापान पूर्णरुपले सुरक्षासम्बन्धी
नीतिलाई परिवर्तन गर्न चाहेको हो,”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा
चुनयिङले विहीबार प्रेस वक्तव्य जारी गर्दै
भनेका छन् । “हामीे जापानी पक्षसँग
गम्भीररुपमा चिनियाँ सार्वभौमसत्तालाई
खतरा दिने काम नहोस् भन्दै यस क्षेत्रमा व्याप्त
शान्ति सुरक्षामाथि दखल नदिन आग्रह गर्न
चाहन्छौँ,” हुवाद्वारा हस्ताक्षरित चिनियाँ
मन्त्रालयको वेबसाइटमा राखिएको उक्त
वक्तव्यमा जनाइएको छ ।
हुवाले जापानको यो विधेयक पास गर्नुलाई
अनपेक्षित कदमको संज्ञा दिएका छन् ।
जापानले चीनविरुद्ध सन् १९३७ मा ठूलो आक्रमण
गरेको र यसको असर झन्डै ७८ वर्षपछि आजसम्म
पनि कुनै न कुनै रुपमा रहेको बताइएको छ ।
आजको अन्नपूर्णमा समाचार लेखेको छ ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com