काठमाडौ, असार २६ -
हवाई यात्रामा हुने कानसम्बन्धी
समस्याको मूल कारण कानको बीच
भागमा हावाबाट पर्ने दबाब हो।
जहाज उड्ने वा अवतरण गर्ने बेला
कान नदुखोस् भनेर केही निल्ने वा हाई
काढ्ने गर्नुपर्छ।
हवाई यात्रामा निकै साना
नानीहरूलाई दूधदानी चुस्न दिनुपर्छ।
अलि ठूलालाई भने चुइँगम वा चकलेट
खान दिन सकिन्छ।
रुघाखोकी लागेका बेला वा अन्य
केही संक्रमण भएका बेला हवाई
यात्रा गर्नुअघि नाक, कान, घाँटी
विशेषज्ञसँग सल्लाह लिनु अत्यावश्यक
हुन्छ।
तपाईंले कुनै न कुनै बेला हवाई यात्रा
गर्नुभएको छ भने, त्यो अवधिमा हुने
कानको पीडाको अनुभव पनि
गर्नुभएकै होला। हवाई यात्रामा
रहेका बला कान दुख्ने वा कान बन्द
हुने वा झम्म हुने जस्ता समस्या हुने
गरेको छ कि? यस्तो हुने गरेको छ भने
पनि आत्तिनुपर्दैन। सावधानी चाहिँ
अपनाउनुपर्छ।
सामान्य सुरक्षात्मक उपाय अपनाए
तपाईं आफ्नो हवाई यात्रालाई सुखद
बनाउन सक्नुहुन्छ।
‘हवाई यात्राका बेला धेरैजसो
व्यक्ति कान दुखेको गुनासो गर्छन्’,
नाक कान घाँटी विशेषज्ञ डा.
तोरण केसी भन्छन्, ‘यो समस्या
जहाज उड्ने बेला र अवतरण गर्दा बढी
हुन्छ।’
अझ हवाई यात्राका बेला केही
व्यक्तिलाई कानमा अनौठो
प्रतिक्रियासमेत अनुभव हुने गर्छ। तर,
उनीहरू त्यो पीडादायक
प्रतिक्रियालाई शब्दमा प्रकट गर्न
सकिरहेका हँुदैनन्। यति मात्र नभई,
हवाई यात्राका बेला कहिलेकाहीँ
कान बढी दुख्ने, बन्द हुने, कम सुन्ने
जस्ता समस्या पनि हुन सक्छ, कहिले
काही देखिन्छ।
हवाईजहाजको क्याबिनको दबाब
समुद्र सतहभन्दा करिब ९ हजार
फिटको उचाइजति हुन्छ। हावाको
दबाब बढ्दा कानमा पीडा
लगायतका समस्या देखिएको हो।
‘हवाई यात्रामा हुने कानसम्बन्धी
समस्याको मूल कारण कानको बीच
भागमा पर्ने दबाब हो,’ डा. केसी
भन्छन्, ‘कानको यो भाग हावा
भरिएको बन्द गुफाजस्तै हुन्छ।’
कानभित्रको गुफामा भएको
हावाको दबाबले हाम्रो
वातावरणमा भएको हावाको
दबाबसँग सन्तुलन मिलाउने गर्छ।
युस्टासियन नलीले यो कामलाई
सम्भव तुल्याउने गर्छ। कानको बीचको
भागलाई नाकको पछिल्लो खण्डसँग
जोड्ने नलीलाई चिकित्सकीय
भाषामा युस्टासियन नली भनिन्छ।
यसको आकार सिसाकलमको कालो
लिडजस्तै हुन्छ। ‘हामीले केही निल्दा
वा हाई काढ्दा यो नली खुल्छ र
त्यति बेला त्यसले हावालाई
कानको बीच भागमा जान दिन्छ,’
केसी भन्छन्, ‘यसै कारणले कानभित्र र
बाहिर हावाको दबाब एकनासको
हुन्छ। हावाको दबाब एकनास नहँुदा
नै कान थुनिएजस्तो लाग्ने हो।’
अमेरिकन एकेडेमी अफ
ओटोल्यारेङगोलजी हेड एन्ड नेक
सर्जरी (एएओ–एचएनएस) को
तथ्यपत्रअनुसार, उचाइ र दबाब
छिटछिटो परिवर्तन हुने अवस्थामा
कान दुख्ने, बन्द हुनेजस्ता समस्या
उत्पन्न हुन्छ। यस्तो अनुभवका लागि
हवाईजहाजै पनि चढिराख्नुपर्दैन।
लिफ्टमा चढ्दा वा स्विमिङ पुलको
गहिराइमा जाँदा पनि तपाईं–
हामीले यो थाहा पाउन सक्छौंं।
हवाई यात्राका बेला जहाजको
उचाइ निरन्तर परिवर्तन हुने गर्छ।
त्यसले गर्दा हावाको दबाब
छिटछिटो निरन्तर परिवर्तित
भइरहन्छ। युस्टासियन नलीले कानको
भित्री र वातावरणको दबाबसँग
सन्तुलन मिलाउने प्रयास गरिरहेको
हुन्छ। यस्तो स्थितिमा विमानको
यात्रीले केही निल्ने प्रयास गर्दा
दबाबलाई सन्तुलित गर्न सहयोग
मिल्ने एएओ–एचएनएसको तथ्यपत्रमा
उल्लेख छ।
‘हवाई यात्रा गर्दा चुइँगम, चकलेट
आदि चपाउनाले यसले मांसपेशी
सक्रिय भइरहन्छ र कान बन्द हुन
पाउँदैन,’ केसी भन्छन्, ‘हवाईजहाज
अवतरण गर्ने बेला सुत्नु हुन्न। सुत्दाखेरि
तपाईंको कान सुन्निन सक्छ। किनभने
निदाएका बेला कुनै पनि कुरा निल्न
सम्भव हुँदैन।’
एएओ–एचएनएसको तथ्यपत्र अनुसार,
निल्ने प्रक्रियाले युस्टासियन
नलीलाई खोल्ने मांसपेशीलाई
काममा लगाइराख्छ। यसबाट
हावाको दबाबलाई सन्तुलनमा राख्न
सहयोग मिल्छ। हाई काढ्दासमेत
फाइदा हुन्छ।
‘केही निल्दा वा हाई काढ्दासमेत
समस्या समाधान नभए नाकलाई
औंलाले बन्द गरेर मुखमा हावा भर्दा
पनि फाइदा हुन सक्छ,’ केसीको
सुझाव छ, ‘तर मुख फुलाउने भन्दैमा बढी
बल लगाउनु हँुदैन।’
हवाई यात्रामा साना
बालबालिकालाई कानसम्बन्धी
समस्या नहोस् भन्नका लागि
पूर्वसचेतता अपनाउनुपर्छ। जहाज
अवतरणका बेला, निकै साना
नानीहरूलाई दूधदानी चुस्न दिनुपर्छ।
अलि ठूला बालबालिकालाई भने
चुइँगम वा चकलेट खान दिन सकिन्छ।
‘रूघाखोकी वा केही संक्रमण भएका
बेला हवाई यात्रा गर्नुअघि नाक,
कान, घाँटी विशेषज्ञसँग सल्लाह
लिनु जरुरी हुन्छ,’ डा. केसी भन्छन्,
‘यस्तो बेलामा हवाई यात्रा
गर्नुपर्दा नाक, कान, घाँटी
विशेषज्ञको सल्लाहअनुसार आफूलाई
उपयुक्त हुने एन्टिएलर्जिक औषधि
उपयोग गर्न सकिन्छ।’
Sunday, July 12, 2015
New
हवाई यात्रा र कानको पीडा के तपाईं हवाईमा यात्र गर्नु भाको छ , यदि छैन भने अवश्य पढ्नु होला अनि यात्रा गरेकोलाई केही Problem छ भने नि अवश्री पढ्नु होला ।
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
English Headlines,
अन्तराष्ट्रिय समाचार,
खेलकुद,
ग्यालरी,
फिल्मी खबर,
रोचक,
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment