Sunday, July 12, 2015

चिनमा डरलाग्दो समुद्री तुफान cc फूटेजद्दवरा आएको भिडियो

११ लाखले घर छाडे, जापान र ताइवान पनि प्रभावित
एजेन्सी :  चान-होम समुद्री तुफानबाट चीनको झेजियाङ्ग झियाङ्गसु प्रान्तमा ११ लाख मानिस घर छाड्न बाध्य भएका छन् । देशका कयौं भूभागमा हवार्इ र रेल सेवा ठप्प भएको छ। तुफानले सामान ढुवानी सेवा समेत नराम्री प्रभावित बन्न पुगेको छ। 

चीनमा सन् १९४९ यताकै डर लाग्दो तुफान आएको हो । तुफानबाट अहिलेसम्म ८१ हजार ६ सय ४० हेक्टर खेतियोग्य जमिनको अन्न नष्ट भइसकेको छ ।

झेजियाङ्ग प्रान्तको प्रशासनका अनुसार तुफानका कारण सरकारलार्इ ४ सय १० मिलियन डलरबढीको नोक्सान भएको छ ।

समाचार अनुसार चान-होम तुफान शनिबार चीनको संघाईमा दक्षिणी समुद्री तटमा ठोक्किन पुगेको थियो । यस क्रममा १६० किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो

यो तुफान आइतबार केही कम्जोर भएको थियो । जसकारण मौसम विभागले चेतावनीको लेभल रातोबाट घटनाएर सुन्तला रंगमा झारेको थियो ।

जेझियाङ्ग प्रान्तको कयौं शहरमा बिजली गएको छ । तुफानले एक सयबढी रेल ट्रयाकमै रोकिन पुगेका छन् । तुफानका कारण माछा समात्ने ५० हजार डुंगालार्इ किनारमा फिर्ता बोलाइएको छ ।

झेजियाङ्ग प्रान्तको बेनलिङ्ग शहरस्थित समुद्र तटमा विशाल लहर उठेको छ । तुफान चलेपछि संघाई, झियाङ्गसु र झेलियाङ्ग प्रान्तमा भारी वर्षा भइरहेको छ ।

केही इलाकामा ३० सेमीसम्म पानी परेको छ । संघाईको पुडोङ्ग अन्तररा

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com