Sunday, July 12, 2015

दुई दिनमै सय करोड

'बाहुबली'को सफलता
बलिउडमा अहिले चलचित्र बाहुबलीले तहल्का मच्चाएको छ। शुक्रबार रिलिज भएको यो चलचित्रले दुई दिनमै सय करोड भारुभन्दा धेरै कमाएर रेकर्ड बनाएको छ।

बक्स अफिसमा बाहुबलीको दबदबाले अहिले तीन खान सलमान, शाहरुख र अमिरलाई छायामा पारिदिएका छन्। यो चलचित्रले पहिलो दिन लगभग ५० करोड भारु र दोस्रो दिन ५५ करोड भारु कमाउँदै इतिहास रच्न सफल भएको हो।

बाहुबलीलाई बलिउड इतिहासमै सबैभन्दा महँगो चलचित्र मानिएको छ। दुई सय ५० करोड भारुको लागतमा बनेको यो चलचित्र प्रभावकारी इफेक्ट राखेर बनाइएको छ।  (बाहुबलीले पहिलो दिनमै ५० करोड कमायो)

तमिल, तेलगू, मलयालम, फ्रेन्च र हिन्दी गरी पाँच भाषा डबिङ गरी एकसाथ रिलिज गरिएको यो चलचित्रको सफलताले ठूलो लगानीमा स्तरीय चलचित्र निर्माणका लागि सबैलाई प्रोत्साहित गरेको समीक्षकको भनाइ छ।
रामायण र महाभारतबाट प्रेरित कथा समेटिएको चलचित्र बाहुबलीले दुई दिनै सय करोड कमाएर बलिउडमा नयाँ रेकर्ड बनाएको छ। 
एसएस राजामौलीको निर्देशनमा बनेको यो चलचित्रमा तमन्ना भाटिया, प्रभास, राणा दग्दुबती, अनुष्का सेट्टीलगायतका कलाकारले अभिनय गरेका छन्। सबै नयाँ कलाकार रहेको यो चलचित्रको सफलताले बक्स अफिसमा राज गर्दै आएका स्टार कलाकारलाई चुनौती दिएको छ।

चलचित्रमा रामायण र महाभारतबाट प्रेरित कथा समेटिएको छ। रामायणमा रावणले सीतालाई अपहरण गरेजस्तै चलचित्रकी नायिका पनि दुश्मनको फन्दामा पर्छिन्।

भाइभाइबीच राजा बन्ने होडमा भएका उतारचढावलाई दमदार रूपमा चित्रण गरिएको यो चलचित्र हेर्दा जो सुकैलाई अतीतको स्मरण गराउँछ ।


फिलिम अनलाईन हेर्न तल्को बाक्सामा थिचनु होला ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com