झुटा विवरण पेस गरी नागरिकता बनाउने राई
पक्राउ
काठमाण्डु, १८ असार-झुटा विवरण पेस गरी
नागरिकता बनाउने भारत कालिपोङका
सन्तोष राईलाई ललितपुर प्रहरीले बिहीबार
पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारत कालिपोङ घर भई हाल
ललितपुर उपमहानगरपालिका बस्दै आएका राईले
जिल्ला प्रशासन कार्यालय झापामा झुटा
विवरण पेस गरी २०६९ चैत २४ मा ०४–०१–६९–
१३९४४ नम्बरको किर्ते नागकिता बनाएका
थिए ।
विशेष सूचनाका आधारमा अपराध शाखा
ललितपुरको टोलीले राईलाई नागरिकतासहित
पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा
पठाएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी
नायब उपरीक्षक किसनसिंह थापाले
जानकारी दिए ।
No comments:
Post a Comment