Tuesday, July 14, 2015

इङ्ल्यान्डमा पृथुको शतक

काठमाडौं: तीन महिनाका लागि क्लब
क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका यू-१९ क्रिकेट
टोलीका पूर्वकप्तान पृथु बाँस्कोटाले 'डेब्यु'
खेलमै शतक प्रहार गरेका छन्।
डेब्यु खेलमा उनले अविजित एक सय ४६ रन बनाए।
उनकै उत्कृष्ट ब्याटिङका कारण अपचर्च क्रिकेट
क्लबले ग्रेभसेन्ड क्रिकेट क्लबलाई ६ विकेटले
पराजित गर्यो।
केन्ट क्रिकेट लिग डिभिजनअन्तर्गतको उक्त
खेलमा पहिले ब्याटिङ गरेको ग्रेभसेन्डले
निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय
६० रन बनाएको थियो। कप्तान चार्ली न्यासले
अविजित एक सय १६ रनको योगदान गरे।
अपचर्चका बलर पृथुले दुई विकेट पनि लिए।
जवाफी ब्याटिङमा ओर्लिएको अपचर्चले ४८.१
ओभरमा चार विकेट गुमाएर दुई सय ६५ रन बनाउँदै
विजय लक्ष्य पार गर्यो।
अपचर्चलाई आकर्षक जित दिलाउन पृथुले एक सय
२५ बलको सामना गरी तीन छक्का र १९ वटा
चौकासमेत प्रहार गरे। तीन रनमा दुई विकेट
गुमाएको अपचर्चको पालिलाई समाल्न पृथुले
मुख्य भूमिका निर्वाह गरे।
उनलाई ५९ रन बनाएका रोरी म्याकिन्सले पनि
राम्रो साथ दिएका थिए। ग्रेभसेन्डका बलर
उसमान पर्भेजले तीन विकेट लिए।
पृथुसँगै अर्का नेपाली खेलाडी हरिशंकर शाह
पनि इङ्ल्यान्ड गएका थिए। पृथु र हरिशंकर
आगामी सेप्टेम्बर १ तारिखसम्म बेलायतमा
रहनेछन्।
पुथु र हरिशंकर राष्ट्रिय टोलीका प्रशिक्षक
पुबुदु दासानायकेको पहलमा इङ्ल्यान्ड पुगेका
हुन्। प्रशिक्षक दासानायकेकै पहलमा महेश
क्षेत्री र अविनाश कर्ण पनि अहिले लन्डनमा
स्थानीय क्लबबाट व्यावसायिक क्रिकेट
खेलिरहेका छन्।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com