नेपाल र हङकङ भिड्दै
काठमाडौं: टी-ट्वेन्टी क्रिकेटमा नेपालको
कडा प्रतिस्पर्धा हुने टोली हो, हङकङ।
हङकङसँग हालसम्म भएका सात टीट्वेन्टी
भिडन्तमा नेपालले चार जित र तीन हारको
नतिजा निकालेको छ। यही तथ्यांकलाई
आधार मान्ने हो भने यी दुई टोलीबीच हुने
प्रतिस्पर्धाको स्तर पनि निकै बलियो छ ।
यी दुई टोलीबीच हुने खेलको विजेताबारे
अनुमान लगाउन गाह्रो हुन्छ। जारी टीट्वेन्टी
विश्वकप क्रिकेट छनोटको आफ्नो महत्वपूर्ण
खेलमा नेपालले बुधबार यही चिरप्रतिद्वन्द्वी
हङकङको सामना गर्दैछ।
अघिल्ला तीन खेलबाट तीन अंक जोडेको
नेपाललाई विश्वकप सहभागिताको सम्भावना
कायम राख्न यो खेल जित्नुपर्ने दबाब छ।
अघिल्लो खेलमा आयरल्यान्डसँग लज्जास्पद हार
बेहोरेको नेपाललाई उत्कृष्ट पुनरागमन गर्नुपर्ने
चुनौती छ।
नेपाली टोलीका प्रशिक्षक पुबुदु
दासानायकेले लयमा फर्कने विश्वास व्यक्त गरे।
'हामीले केही फरक गरेर आयरल्यान्डलाई हराउन
चाहन्थ्यौं तर त्यो सफल हुन सकेन।
आयरल्यान्डलाई हराउनु भनेको हामी समूहको
विजेता बन्ने बाटोमा हुनु पनि थियो। अबका
खेलमा हामी आफ्नो नियमित खेल प्रस्तुत
गर्नेछौं', पुबुदुले ईमेलमार्फत अन्नपूर्णलाई भने।
उनले हङकङका एकदुईजना खेलाडीलाई रोक्नसके
गाह्रो नहुने बताए। नेपाल आयरल्यान्डविरुद्ध
सोमबार पहिला ब्याटिङ गर्ने क्रममा ५३
रनमा समेटिएको थियो।
टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यो
दोस्रो सबैभन्दा कम योगफल हो। समूहगत
चरणको पहिलो खेलमा नेपालले अमेरिकालाई
हराएको थियो । वर्षाका कारण खेल रद्द
भएपछि दोस्रो खेलमा नामिबियासँग अंक
बाँडेको थियो।
नेपाललाई अब खेल्न बाँकी रहेका तीन खेलमा
सुखद नतिजा निकाल्नुको विकल्प छैन।
प्रशिक्षक दासानायके नेपाल समूहगत चरणमा
दोस्रो वा तेस्रो हुने सम्भावना अझै बाँकी
रहेको बताउँछन्।
सात टोली रहेको आफ्नो समूहमा नेपाल तीन
खेलमा तीन अंक जोडेर समूहको चौथो स्थानमा
छ । शीर्ष स्थानमा रहेको आयरल्यान्डले तीन
खेलमा ६ अंक जोडेको छ।
पपुआन्युगिनीको दुई खेलमा तीन अंक र
नामिबियाको तीन खेलमा तीन अंक छ ।
समूहको शीर्ष चार टोलीको विश्वकप खेल्ने
सम्भावना कायमै हुनेछ । नेपालको परम्परागत
ब्याटिङ समस्या अझै कायमै रहेको देखिन्छ।
विनोद भण्डारी, प्रदीप ऐरी, शरद
भेषावकरलगायत ब्याट्सम्यान लयबाहिर
देखिएका छन् । तर पनि आपूmस्तरका
टोलीविरुद्ध भने नेपालले राम्रो प्रदर्शन गर्ने
गरेको छ।
हङकङको प्रदर्शन पनि जारी
प्रतियोगितामा राम्रो हुन सकेको छैन ।
हङकङले पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर
प्रतिद्वन्द्वी जर्सीसँग नौ विकेटको पराजय
बेहोरेको थियो। वर्षाका कारण उसले
पपुआन्युगिनीसँग भने अंक बाँडेको थियो। तर
हङकङमा अनुभवी खेलाडीको प्रभाव छ।
हङकङ एकदिवसीय अन्तर्राष्ट्रिय
मान्यताप्राप्त टोली हो।
प्रतियोगिताअन्तर्गत बुधबार हुने अन्य खेलमा
आयरल्यान्ड र पपुआन्युगिनी तथा जर्सी र
अमेरिकाबीच पनि प्रतिस्पर्धा हुनेछ।
विगतमा नेपाल र हङकङ
सन २०१० एसियन गेम्स हङकङ सात विकेटले
विजयी
एसीसी ट्वेन्टी क्रिकेट २०११ नेपाल दुई विकेटले
विजयी
टीट्वेन्टी विश्वकप छनोट २०१२ नेपाल २८ रनले
विजयी
एसीसी ट्वेन्टी २०१३ हङकङ ६ विकेटले विजयी
टीट्वेन्टी विश्वकप छनोट २०१३ नेपाल पाँच
विकेटले विजयी
टीट्वेन्टी विश्वकप २०१४ नेपाल ८० रनले विजयी
अन्तर्राष्ट्रिय शृंखला २०१४ हङकङ दुई विकेटले
विजयी
Tuesday, July 14, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
Slider,
अन्तराष्ट्रिय समाचार,
खेलकुद,
रोचक,
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment