नेपालगन्ज: नेपालगन्जको ब्यस्त धम्बोजी चोक
नजिक धारिलो हतियार प्रयोग एक युवकको
हत्या भएको छ ।
धारिलो हतियार खुकुरी प्रहार गर्दा हात
छुट्टिएका नेपालगन्ज उपमहानगरपालिका ८ का
२५ वर्षीय चेतन मानन्धरको अत्याधिक
रक्तश्राव भई मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुर्खेत रोडमा एक्लै हिडिरहेका मानन्धर माथि
खुकुरी प्रहार गरिएको थियो । खुकुरी
प्रहारपछि तत्कालै अस्पताल पुर्याइएका
मानन्धरलाई अस्पतालले काठमाडौं रेफर गरेको
केही क्षणमै उनको मृत्यु भएको बाँके प्रहरीले
जानकारी दिएको छ ।
मानन्धरको काठमाण्डौ लाने क्रममा
विमानस्थल नपुर्याउदै बाटा मै मृत्यु भएको
वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक दिपेन्द्र
पालले जानकारी दिएका छन् ।
साव दुई बजेतिर भएको सो घटना पछि
हत्यामा संलग्न व्यक्तिहरुलाई बाँकेका
विभिन्न ठाउमा छापामारी ५ जना
युवाहरुलाई पक्राउ गरिसकेको र अन्यको
खोजी भैरहेको प्रहरी निरीक्षक पालले
जानकारी दिए ।
सात जनाको समहुले मानन्धरलाई लखेटेर खुकुरी
प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
प्रहरीले आक्रमणकारीबाट एक थान खुडा र एक
थान खुकुरी बरामत गरेका छ ।
पक्राउ परेका युवाहरुले नाम नखुलाएपनि
प्रहरीको बयान आफुहरु रिगल समूहको भएको
बयान दिएको प्रहरी निरीक्षक पालले बताए ।
रिगल ढकाल तरुण दल बाँके क्षेत्र न ३ का
सभापति समेत हुन ।
ठेक्का पट्टा लगायतका धेरै अपराधी
गतिविधिमा सो समुहको संलग्नता रहदै
आएको छ । युवकको हत्या पछि नेपालगन्जको
सुरक्षा गतिबिधि कडा बनाइएको छ ।
Monday, July 13, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
English Headlines,
Slider,
अन्तराष्ट्रिय समाचार,
वित्तीय,
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment