Monday, July 13, 2015

अल्ट्रा म्याराथनमा मीरा राईको छलाङ

काठमाडौं: नेपालकी अल्ट्रा धाविका मीरा
राई पछिल्लो समय चर्चाको शिखरमा छिन्।
फ्रान्समा हालै सम्पन्न मोन्ट ब्लान्क अल्ट्रा
म्याराथनको उपाधि चुमेपछि मीराको चर्चा
देशविदेशमा चुलिएको हो। एकपछि अर्को
सफलता चुम्ने प्रयासमा रहेकी मीरा यति बेला
अर्को अन्तर्राष्ट्रिय अल्ट्रा स्काई रनिङ
प्रतियोगिताको तयारीमा छिन्।
इटालीमा जुलाई १९ मा आयोजना हुने स्काई
रनिङ वर्ल्ड सेरिजअन्तर्गत डोलोमिटिज स्काई
रेसको तयारीमा रेहकी मीरा अहिले
स्विट्जरल्यान्डमा तयारी गरिरहेकी छन्।
'दैनिक २० किलोमिटरभन्दा बढी दौडिरहेकी
छु। मोन्ट ब्लान्कमा मिलेको सफलताले मलाई
थप उत्साही बनाएको छ। त्यो दौडले मलाई
नेपालकी मीरा भनेर विश्वभर चिनायो।
इटालीमा पनि सकभर उपाधि जित्ने
योजनामा छु', मीराले अन्नपूर्ण पोस्ट्सँग
अनलाइन संवादमा भनिन्।
'म आफ्नो नाममा लागेको अयोग्य
लडाकुको ट्याग हटाउन चाहन्छु। पुरानो
घाउ बिर्सेर भविष्यमा धेर उपाधि चुम्ने
योजना छ।'
स्काई रनिङमा विशेषगरी स्काई, अल्ट्रा र
भर्टिकल गरी तीन विधा समावेश गरिएको
हुन्छ। इटालीको दौड २२ किलोमिटरको
स्काई स्पर्धा हो। 'मेरा लागि स्काई केही
नौलो स्पर्धा पनि हो।स्काईलाई लक्षित गरी
स्विट्जरल्यान्डमा राम्रो तयारी गरेकाले
सफलता मिल्छ होला', मीरा भन्छिन्।
भर्टिकल रेसमा समेत पोख्त मीराले यस स्काई
रेसलाई परीक्षणका रूपमा पनि लिएकी छन्।
अल्ट्रा रनरका रूपमा एकपछि अर्को सफलता चुम्न
थालेकी मीरा कुशल धाविकाका रूपमा
आफूलाई उभ्याएर देशको नाम राख्ने
अभियानमा छिन्।
'म आफ्नो नाममा लागेको अयोग्य लडाकुको
ट्याग हटाउन चाहन्छु। पुरानो घाउ बिर्सेर
भविष्यमा धेरै उपाधि चुम्ने योजना छ। अहिले
अल्ट्रा रनिङ मेरो पेसाजस्तै भएको छ', मीराले
थपिन्।
भोजपुरको सानो दुम्मामा जन्मेकी मीराले धेरै
समय एमाओवादीको बन्दुक बोकिन्। स्कुल
पढ्दापढ्दै माओवादीकी बालछापामार
बनेपछि मीराको जीवनले कोल्टे फेरेको थियो।
अनमिनको छानबिनपछि अयोग्य लडाकुको
ट्याग लगाइएकाले उनी केही समय निराश
बनिन्। यसअघि पनि विभिन्न स्पर्धामा भाग
लिएकी मीरा फ्रान्सको चामोनिक्समा
भएको ८० किलोमिटर दूरीको मोन्ट ब्लान्क
अल्ट्रा म्याराथनको उपाधि जितेपछि सबैको
आँखामा परेकी हुन्।
२४ वर्षीया मीराले उक्त म्याराथन १२ घन्टा
३२ मिनेटमा पूरा गर्दै उपाधि जितेकी थिइन्।
मीराले उक्त म्याराथनमा अस्ट्रेलिया,
न्युजिल्यान्ड, चेक गणतन्त्र, जापान,
पोल्यान्ड, दक्षिण अफ्रिका र अमेरिकासहित
३० भन्दा बढी देशका धाविकालाई पछि
पारेकी थिइन्।
मीराले यसअघि हङकङमा भएको ५०
किलोमिटरको एसियन स्काई रनिङ अल्ट्रा
च्याम्पियनसिप र इटालीमा भएको इन्टरनेसनल
अल्ट्रा रनको उपाधि पनि जितेकी थिइन्। उनले
नेपालमै भएको हिमालयन आउटडोर फेस्टिभलमा
५० किलोमिटर दूरीको ट्रेल रेस र एक सय ५७
किलोमिटरको मुस्ताङ ट्रेल रेस पनि
जितिसकेकी छन्।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com