भोजपुर : भोजपुरको धोद्लेखानी गाविसका
सचिव गोपाल चिमरिया कार्यालयमै
झुन्डिएको अवस्थामा भेटिए । शनिबार
बिहान कार्यालयमै झुन्डिएको अवस्थामा
भेटिएका उनको साथबाट प्रहरीले ‘सुसाइड
नोट’ सुसाइड नोट भेट्टायो ।
डायरीमा लेखेको सुसाइड नोटमा
भुकम्पपीडितको राहत र खुला दिसामुक्त
गाविस घोषणाका लागि आफूले भनेजस्तो गर्न
नसकेकोमा मृत्यु रोजेको उल्लेख गरिएको छ ।
उनका सहकर्मी देउराली गाविसका सचिव
खड्गबहादुर पौडेलका अनुसार सामाजिक
सुरक्षा र विकास योजना अघि बढाउन
गाउँमा सहज वातावरण नभएकाले आफू
आत्महत्या गर्न बाध्य भएको विवरण सुसाइड
नोटमा लेखिएको छ ।
सचिव चिमरियाले केहिदिनअघि कार्यालय
प्रमुख तथा भोजपुर जिविसका स्थानीय
विकास अधिकारीसमक्ष धोद्लेखानीमा काम
गर्न नसक्ने भन्दै अर्को गाविसमा सरुवाको
लागि अनुरोध गरेको समाचार स्रोतले
बताएको छ ।
उनले सुसाईट नोटमा आफ्नो परिवारको
व्यवस्थापनमा कमजोरी भएको लेखेका छन् ।
गाविसको कार्यभार राम्रो नभएको तथा
परिवारलाई समेत समय दिन नसकेकाले मानसिक
तनावमा आएर उनले आत्महत्या गरेको खुलेको हो
।
चिमरियाको शव जिल्ला अस्पताल भोजपुरमा
पोष्टमार्टम गरि आइतबार परिवारको जिम्मा
लगाइएको छ ।
यसैबीच भोजपुरका गाविस सचिवहरुले
श्रद्धाञ्जली कार्यक्रम गरी जनप्रतिनिधि
नभएका बेला एक्लो गाविस सचिवलाई दर्जनौं
मन्त्रालयको काम थोपर्दा गम्भीर समस्या
आएको जनाएका छन् ।
उनीहरुले कार्यस्थलमा सरोकारवालाले सहयोग
नगर्ने प्रवृत्तिले सहकर्मी गुमाउनुपरेको भन्दै
सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।
संखुवासभाको धुपु घर भइ हाल मोरङको कोशी
हरैंचा नगरपालिका–३ निवासी २९ वर्षीय
चिमरिया ६ महिनाअघि मात्र निजामति
सेवामा प्रवेश गरेका थिए । उनका पत्नी र एक
छोरा छन् । वीएस्सी उत्तीर्ण चिमरिया
निजामति सेवामा आउनुअघि शिक्षण पेशामा
संलग्न थिए ।
Monday, July 13, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
English Headlines,
Slider,
अन्तराष्ट्रिय समाचार,
रोचक,
वित्तीय,
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment