चर्च भने पछी छुटै सोच्छौ हामीले शान्त
बाताबरण भनेर बुज्छौ । तर यहाको लुक हेर्दा
यी दृश्यहरु कुनै भुताहा फिल्मका दृश्यजस्ता
लाग्नसक्छन् । तर होइन, यो फिल्मको दृश्य नभै
सक्कली दृश्य नै हो, त्यो पनि एउटा चर्चको
दृश्य । चर्चमा मानिसका अस्थीपन्जर ? प्रश्न
सहजै उठ्छ ।
दुनियामा कहीँ पनि नभएको यस्तो विचित्र
चर्च चेक गणतन्त्रमा छ । चेकको सेडलेक ओसुरी
चर्चमा झण्डै ७० हजार मानिसका खप्पर तथा
हड्डीहरु रहेका छन् । कसरी आए त त्यतिधेरै
मानिसका अस्थिपन्जर ? वास्तवमा उनीहरुमध्ये
अधिकांस सन् १३१८ मा फैलिएको प्लेग रोगको
महामारी तथा १५ औँ सताब्दीमा भएको
हसाइट युद्धामा मरेका मानिसहरु हुन् ।खप्परे
चर्चको नामबाट परिचित यो डरलाग्दो
चर्चमा मानिसका जिउका हड्डीहरु तथा
खप्परहरुलाई विभिन्न कलात्मक आकृतिमा
सजाइएको छ । चर्चमा ६ वटा पिरामिड,
चारवटा क्यान्डिलब्रा तथा क्यान्डिल
होल्डर लगायतका सबै चिज मानिसकै
हड्डीबाट बनेका छन् । हड्डीबाटै विभिन्न
खाले भुताहा आकृतिहरु पनि बनाइएका छन् ।
१५ औँ सताब्दीमा बन्द भएको यो चर्चको
चिहानघरमा शवहरु पुरिएका थिए । पछि उत्खनन
गरेर मानिसका अस्थिपन्जर निकालेर
पिरामिड बनाएर थुपारियो ।
सन् १८७० मा स्थानीय काष्ठ कलाकारलाई
हड्डीका कलात्मक आकृति बनाउने जिम्मा
दिइयो । त्यसपछि उनले ठूलो मेहेनत लगाएर
मानव हड्डीलाई कलामा ढाले । यस्तो छ खप्परे
चर्चभित्रका रोचक दृश्यहरु हेर्नुहोस् : स्रोत : ओ
यस नेपाल
Tuesday, July 14, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
साहित्य
Labels:
अन्तराष्ट्रिय समाचार,
मनोरंजन,
रोचक,
साहित्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment