बोको हरामको आक्रमणमा एकसय ५० को मृत्यु
नाइजेरिया: उत्तरपूर्वी नाइजेरियामा बोको
हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा
करिब १५० व्यक्तिका मृत्यु भएको छ ।
ती आतङ्ककारी समूहले एक मस्जिदहमा
प्रार्थणा गरिरहेका पुरुष तथा
बालबालिकालाई मुला काटे झै गरी काटेका र
खाना पकाइरहेका महिलाहरुलाई गोली
प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शीहरुले
बिहीबार जानकारी दिएका छन् ।
मस्जिदमा आफ्ना बाबुसँग आएका ४ देखि १२
वर्षसम्मको बालबालिकाको पनि हत्या
भएको जनाइएको छ ।
बोर्नो राज्यको प्रवेशद्वारमा रहेका तीनवटा
दुर्गम गाउँहरुमा गत बुधबार साँझ दर्जनाँैको
सङ्ख्यामा आएका आतङ्ककारीले आक्रमण
गर्नुको साथै घरहरुमा आगजनी समेत गरेका
बताइएको छ ।
गत मे महिना मुहाम्मादु बुहारी राष्ट्रपति
पदमा आउनु भएयता अतिवादी समूहले गरेको यो
सवैभन्दा बढी रक्तपातपूर्ण आक्रमण भएको
जनाइएको छ ।
आक्रमण भएको गाउँहरुमा सवैभन्दा बढी
प्रभावित गाउँ कुकावामा बन्दुकधारीले गरेको
आक्रमणमा कम्तीमा ९७ जना मारिएको
जनाइएको छ ।
No comments:
Post a Comment