Friday, July 3, 2015

अंगालोमा बेरिएर संसारबाट बिदा भए दम्पती

पुरा भयो एकसाथ प्राण त्याग्ने अन्तिम इच्छा
एजेन्सी : मर्ने रहर कसैलार्इ हुँदैन । तर, प्रकृतिको
नियमानुसार जन्म र मरण अनिबार्य शर्त हुन् ।
जो कोहीले मर्ने क्रम आफ्नो अन्तिम इच्छा पुरा
होस् भन्ने कामना गर्छन् । यस्तो चहाना गर्ने
बिरलैको मात्र अन्तिम इच्छा पूरा हुन्छ ।
धेरै मानिसको अन्तिम इच्छा उनको आत्मामै
बिलाएर जान्छ । आफ्नो अन्तिम इच्छा पुरा
गर्ने बिरलै मानिसमध्ये ९० वर्ष काटिसकेका एक
दम्पती पनि भाग्यमानी ठहरिएका छन् ।
उनीहरुको अन्तिम इच्छा अन्तिम शास लिने
क्रममा पुरा भएको हो । सन् १९१९ मा जन्मेर
१९४५ मा बिबाह बन्धनमा बाँधिएका यी
दम्पतीले २९ जुनमा विवाहको ७५ औं वर्षगाँठ
मनाएका थिए । जीवनभर एक अर्कालार्इ साथ
दिएका यी दम्पतीको अन्तिम इच्छा साधरण
खालको तर अत्यन्त प्रिय थियो ।
अमेरिकाको सान डिएगो निवासी जिनेट्टे र
अलेक्जेन्डर टोक्ज बीच ८ वर्षको उमेरदेखि प्रेम शुरु
भएको थियो । उनीहरुका छोरा रिचर्डले
बाबाआमाको अन्तिम इच्छा पुरा भइ
उहाँहरुको मायाकोसमेत सुखद अन्त्य भएको
बताए ।
९६ वर्षीया जिनेट्टे र दोस्रो विश्वयुद्धका
योद्धा ९५ वर्षीय अलेक्जेन्डरले सानै उमेरमा
माया बसेपनि बिहे भने बयस्क भएपछि नै गरेका
थिए । सान डिएगोमै जीवन बिताएका यी
दम्पतिले बाँचुन्जेल माया साट्दै एकअर्काको
साथ दिएका थिए ।
ठूलो र सामूहिक परिवारमा बस्दै आएका यी
जेस्ठ दम्पतीको अन्तिम इच्छा एक अर्काको
अंगालोमा बेरिएर अन्तिम श्वास लिने थियो
। सायद भाग्य र भगवानले पनि उनीहरुको
इच्छाको सम्मान गर्न चाह्यो ।
'बाबाआमा सधैं हाम्रो मुटुमा धड्किरहनुहुनेछ',
दम्पतिकी छोरी एमी टोक्जले भनिन्, 'बाबा
आमाको अंगालोमा बेरिएर विदा हुनुभयो,
बाबाको अन्तिम इच्छा नै त्यही थियो ।'
केही साताअघि मात्रै हड्डी फुटेपछि अलेक्जेन्डर
ओछ्यानमै सुत्न विवश भएका थिए ।
छोराछोरीले उनका लागि नयाँ ओछ्यानको
ब्यवस्था गरेका थिए । त्यही ओछ्यानमा
अलेक्जेन्डर र जिनेट्टेले आफ्ना छोराछोरीलार्इ
दुबैको अन्तिम इच्छा सुनाएका थिए ।
अन्तिम इच्छा सुनाएको केही घन्टापछि नै एक
अर्काको अंगालोमा रहेका यी दम्पती
मृत्युको गहिरो निद्रामा निदाउन पुगे ।
'बाबाआमा एक अर्काको हात समाएर
स्वर्गको बाटोमा सँगै जानुभयो', छोरा
रिचर्ड टोक्जले भने, 'बाबाले आमालार्इ
अंगालोमा बेर्नुभयो अनि, 'तिमी मेरो
अंगालोमा बेरिएर बिदा भयौ, म पनि तिम्रै
अंगालोमा बिदा हुन्छु । मलार्इ थाहा छ,
तिमी मलाइ माया गर्छ्यौ, म पनि
तिमीलार्इ माया गर्छु', भन्दै संसार छाड्नुभयो
।'
अंगालोमा बेरिएर एकसाथ संसारबाट
विदा भएका यी दम्पतीलार्इ मिरमार
राष्ट्रिय दाहसंस्कारस्थलमा गाडेर उनका
परिवारले सदाका लागि विदाइ गरे ।
यो निधनले उनीहरुको पुरा परिवार स्तब्ध भयो
। तर, त्यो भन्दा पनि यी दम्पतिका
छोराछोरी बाबुआमाको अन्तिम इच्छा पुरा
भएकोमा धेरै खुसी थिए । एकअर्कालार्इ माया
गर्ने हरेक दम्पतीको अन्तिम इच्छा यसैगरी पुरा
भइदिए.........।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com