मोबाइल फोनको विकिरण पुरुषको प्रजनन
स्वास्थ्यका लागि निकै हानिकारक हुने
पछिल्लो अनुसन्धानले देखाएको छ । अझ
पाइन्टको गोजीमा मोबाइल फोन राख्नु
झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक
बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी
दिएका छन् ।
बेलायतको एक्सेटर विश्वविद्यालयका
शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट
उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले
शुक्रकिटको बाँच्ने दरका साथै चलायमान
हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ ।
विश्वमा अधिकांस प्रौढ मानिसले
मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक
अनुसार विश्वका १४ प्रतिशत धनाढ्य
दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ ।
१४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न
१० वटा अनुसन्धानलाई एकत्रित गरी एक्सेटर
विश्वविद्यालयको अनुसन्धान टोलीले
पछिल्लो निष्कर्ष निकालेको हो ।
अनुसन्धान टोली प्रमुख डाक्टर फिओला
म्याथ्यूजका अनुसार मोबाइल फोनको
रेडियसनले प्रजनन क्षमतामा असर पूराउने
पक्का भएपनि यसमा थप अनुसन्धान भने
आवश्यक छ । उनका अनुसार यो अध्ययनबाट
पाइन्टको गोजीमा मोबाइल फोन
बोक्दा त्यसले पुरुषको शुक्रकिटको गुणमा
अझै बढि नकारात्मक असर पूराउँछ ।
शोधकर्ताहरुका अनुसार मोबाइल फोनको
विकिरणले ३ तरिकाबाट शुक्रकिटको
गुणास्तरमा असर पूराउँछ । पहलिो
भाएबिलिटी अर्थात् शुक्रकिटको
स्वास्थ्य, दोश्रो मोबिलिटी अर्थात्
शुक्रकिट अण्डातर्फ प्रवाहित हुने प्रक्रिया
तथा तेश्रो विर्यमा शुक्रकिटको संख्या ।
मानिसको विर्यमा सामान्य प्रवाह
भएका ५० देखि ८५ प्रतिशत सम्म शुक्रकिट
हुन्छन् तर मोबाइल विकिरणको असर पर्यो
भने त्यस्ता सामान्य शुक्रकिटको संख्या ८
प्रतिशतले घट्छ । भिडियो हेर्न तल क्लिक
गर्नुहोस
यो समाचारसंग सम्बन्धित भिडियो
तल छ, हेर्नका लागि विचमा
थिच्नुहोस
Friday, July 3, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
रोचक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment