Wednesday, July 1, 2015

एमालेले कृषिमन्त्री हटाउने

एमालेले कृषिमन्त्री हटाउने

काठमाडौं असार १७
असार १५ को कृषिपर्वका अवसरमा एक स्थानीय महिलाप्रति अशोभनीय र अमर्यादित व्यवहार प्रदर्शन गरेवापत कृषिमन्त्री हरि पराजुलीलाई राजीनामा दिलाउने निष्कर्षमा एमाले नेतृत्ववर्ग पुगेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

आफ्नै पार्टी एमालेका महिला सांसदसहित विभिन्न राजनीतिक दलबाट कृषिमन्त्री पराजुलीको बर्खास्तगीको माग हुन थालेपछि उनलाई पदमा राख्नु दल र सरकारकै लागि प्रत्युत्पादक हुने निष्कर्षमा नेताहरु पुगेको एमाले स्रोतले अन्नपूर्णलाई जानकारी दिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसँग नजिक मानिने पराजुलीलाई आन्तरिक समीकरण र भागबन्डाका कारण बचाउन केही कसरत भए पनि अन्तमा उनलाई बचाउन नहुने र नसकिने निष्कर्षमा नेताहरु पुगेका छन्।

स्रोतका अनुसार बिहीबारै उनलाई राजीनामाका लागि पार्टी नेतृत्वबाट आदेश दिइनेछ र नमानेको खण्डमा बर्खास्त गरिनेछ।

संसदमा एमालेका महिला सभासद्हरुले कृषिमन्त्री पराजुलीले सार्वजनिक स्थानमा महिलासँग अश्लील हर्कत गरेको भन्दै कारबाही गर्न माग गरेका छन्। उनीहरूले कृषिमन्त्रीको हर्कतबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग पनि राखे।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com