मुम्बईबाट दुबई गइरहेको जेट एयरवेजको
फ्लाइटमा बम रहेको खबर पाएपछि ओमानको
राजधानी मस्कटमा विहीबार विमान
इर्मजेन्सी ल्याण्डिङ गरिएको छ । विमानको
जाँच भइरहेको समाचारमा जनाइएको छ ।
नाइनडब्लु ५३८ नम्बरको सो जेटमा बम
राखिएको कुनै एक व्यक्तिले फोनमा धम्की
दिदै बताएको समाचारमा उल्लेख गरिएको छ ।
विमानमा बम भएको खबर पश्चात तुरुन्तै
मस्कटको इन्टरनेसनल एयरपोर्टमा विमान अवतरण
गरिएको टाइम्स अफ ओमानले जनाएको छ ।
ओमानमा जेट एयरवेजका जनरल म्यानेजर रियाज
कुट्टेरीले दिउसो डेढ बजे विमानलाई अवतरणको
आदेश दिइएको बताएका छन् । दुई दिनअघि
मात्रै दिल्लीमा टर्किस एयरलाइन्सको
विमान मा बम भएको हल्लापछि इर्मजेन्सी
अवतरण गरिएको थियो । तर सो विमानमा
केही पनि भेटिएको थिएन ।
Friday, July 10, 2015
New
विमानमा बम भएको खबरपछि आपतकालिन अवतरण
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
स्वास्थ्य/जीवनशैलीरी
Labels:
अन्तराष्ट्रिय समाचार,
खेलकुद,
रोचक,
समाचार,
साहित्य,
स्वास्थ्य,
स्वास्थ्य/जीवनशैलीरी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment