Sunday, June 28, 2015

अमेरिका जान नक्कलीभिसा प्रयोग गर्नेसापकोटा रिहा

काठमाडौं : अमेरिकाको नक्कली भिसा
प्रयोग गरेको अभियोगमा अध्यागमनको
हिरासतमा रहेका बागलुङका गोपालप्रसाद
सापकोटा शुक्रबार रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले नक्कली भिसा
प्रयोग गरेबापत सापकोटालाई १० हजार
जरिबानामा रिहा गर्ने फैसला गरेको थियो।
फैसलालगत्तै अध्यागमन विभागले
सापकोटालाई उनकी पत्नीको जिम्मा
लगाएर छाडेको हो।
विभागका महानिर्देशक केदार न्यौपानेले
सापकोटा रिहा भएको बताए।
सापकोटाको नक्कली भिसामा प्रस्थान
अनुमति (डिपार्चर) दिने त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन
कार्यालयका कर्मचारीमाथि भने यस
विषयमा छानबिन भएको छैन।
विमानस्थल अध्यागमनमा अत्याधुनिक भिसा
रिडेबल मेसिन हुँदाहुँदै पनि सापकोटाले नक्कली
भिसामा सहजै प्रस्थान अनुमति पाएका थिए।
नेपालस्थित अमेरिकी दूतावासले समेत नक्कली
भिसा भएका व्यक्तिलाई प्रस्थान अनुमति
दिएको प्रति अध्यागमनका अधिकारीसँग
असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो।
सापकोटा हङकङ हुँदै अमेरिका जान त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनको
भिसा शंकास्पद भन्दै सुरुमा अध्यागमन अधिकृतले
झन्डै आधा घन्टा रोकेका थिए।
तर पछि तिनै अध्यागमन अधिकृतले
सापकोटालाई प्रस्थान अनुमति दिएको
विमानस्थलका एक अधिकृतले बताए।
ती अधिकृतले भने, 'सुरुमा सापकोटाको भिसा
शंकास्पद भन्दै हामीले नै रोक्ने निर्णय गरेका
थियौं।
तर धेरैबेरको टेलिफोन कुराकानीपछि
अध्यागमन अधिकृतले उनलाई सहजै प्रस्थान
अनुमति दिए।'
हङकङ अध्यागमनले सापकोटालाई
फर्काइदिएको थाहा पाएपछि विमानस्थल
अध्यागमनमा हल्लीखल्ली भएको थियो।
अध्यागमनका केही कर्मचारीले उनलाई
विभागको हिरासतमा नपठाई विमानस्थल
अध्यागमनमै मिलाउन खोजे पनि त्यो प्रयास
असफल भएको थियो।
भारतबाट भिसा लगाएका सापकोटालाई
पठाउनका लागि अध्यागमनमा सेटिङ
मिलाउन उतैबाट केही व्यक्ति नेपाल आएको
स्रोतले बतायो।
'विमानस्थल नजिकैको होटेलमा बसेर उताबाट
आएका व्यक्तिहरूले सेटिङ गरेको भन्ने सुनेका
छौं', एक उच्च अध्यागमन अधिकृतले भने, 'त्यसबारे
समेत बुझिरहेका छौं।'

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com