मन्त्री हटाए सडकमै उत्रिने नेपालको
चेतावनी
काठमाडौं : अध्यक्ष केपी ओलीले
एमालेतर्फबाट युवा तथा खेलकुदमन्त्री
पुरुषोत्तम पौडेललाई राष्ट्रिय खेलकुद परिषद्
सदस्यसचिव नियुक्ति प्रकरणमा सरकारबाट
फिर्ता बोलाउने तयारी गरेपछि वरिष्ठ नेता
माधवकुमार नेपाल पक्षले सडकमै ओर्लने चेतावनी
दिएको छ।
त्यो असन्तुष्टिको चपेटामा पार्टीमात्र
होइन, एमालेसहितको गठबन्धन सरकार नै
तानिएको छ।
आइतबार एमाले नेता नेपालले प्रधानमन्त्री
सुशील कोइराला र चार दलका वरिष्ठ
नेताहरूको उपस्थितिमै पार्टी अध्यक्ष
ओलीलाई फोन गरी मौखिक आदेशमा पौडेल
मन्त्रिपरिषद्बाट हटाइए त्यसको खुला
प्रतिवाद गर्ने चेतावनी दिएपछि हाललाई
पौडेलको थमौती भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा
राजनीतिक एजेन्डामा निर्धारित बैठककै
क्रममा नेपाल प्रधानमन्त्रीलाई समेत चेतावनी
दिनबाट चुकेनन्।
'पार्टी अध्यक्षको मौखिक आदेशमा कुनै पनि
मन्त्रीलाई हटाउने काम गर्नुभयो भने त्यसको
जि मेवारी तपाईंले समेत लिनुपर्नेछ, नेपालले
कोइरालालाई भने।
विवाद बढ्दै गएपछि ओलीले आइतबार फिर्ता
बोलाउन गरेको अन्तिम तयारी स्थगित गरेका
छन्। मन्त्री हटाउने र नहटाउने विषयलाई लिएर
ओली र नेता नेपालबीच चर्काचर्कीसमेत परेको
छ।
आफूसँग सल्लाह नगरी मन्त्री पौडेलले खेलकुद
परिषद्को सदस्यसचिवमा केशव बिष्टलाई
नियुक्त गरेको भन्दै ओलीले उनलाई राजीनामा
दिन दबाब दिएका थिए। तर मन्त्री पौडेलले
राजीनामा नदिने अडान लिएपछि ओलीले
उनलाई आइतबार हटाउने तयारी गरेका थिए।
ओलीले गत बिहीबार मन्त्री पौडेललाई आफ्नो
निर्णय सच्याउन वा राजीनामा दिन भनेका
थिए। तर ओलीले दिएको शनिबारसम्मको
मितिमा पौडेलले निर्णय पनि नसच्याएको र
राजीनामा दिने जानकारी पनि नगराएपछि
उनलाई आइतबार मन्त्रीबाट हटाउने तयारी
गरेका थिए।
प्रमुख चार दलको आइतबारको बैठक सकेर
पौडेललाई फिर्ता बोलाइएको पत्र
प्रधानमन्त्रीलाई बुझाउने तयारी ओलीको
रहेको एक नेताले बताए। तर त्यसको विरोधमा
पार्टीका दुई वरिष्ठ नेता नेपाल र झलनाथ
खनालले ओलीसमक्ष शनिबार बेलुका नै आपत्ति
जनाएको स्रोतले बतायो।
नेपालले आइतबार प्रधानमन्त्री सुशील
कोइरालालाई टेलिफोन गरी एमालेभित्रको
गुटबन्दीमा नखेल्न र पार्टीको औपचारिक
निर्णयबिना कुनै पनि काम नगर्न आग्रह गरेपछि
ओली हच्किएको स्रोतले बतायो।
नेपाल पक्षले मन्त्री पौडेललाई हटाउने
निर्णयको विरोधमा आवश्यक रणनीति बनाउन
आइतबार बिहान बानेश्वरको होटेल अर्यालमा
भेला गरेको थियो।
भेलाका सहभागीले ओली स्वेच्छाचारी भएको
भन्दै त्यसविरुद्ध सशक्त कार्यक्रम लिएर अगाडि
बढ्नुपर्ने बताए।
भेलामा नेपालले आफूले यस विषयमा ओलीसँग
गरेको वार्ताको बिफ्रिङ गरे। नेपाल पक्षले
हस्ताक्षरसमेत संकलन गर्यो।
केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार ७०
जनाजति केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।
'पार्टीलाई संस्थागत निर्णयका आधारमा
अगाडि बढाउनुपर्छ, पद्धतिका आधारमा
चलाउनु/चल्नुपर्छ भनेर यो हस्ताक्षर अभियान
सञ्चालन गरेका हौं', गैरेले भने।
उनका अनुसार सोमबार सभासद्को समेत
हस्ताक्षर संकलन गरेर राखिनेछ। मन्त्री
पौडेललाई हटाउन नहुने पक्षमा रहेका नेता
खनाल भने भेलामा सहभागी भएनन्।
एमाले सचिव प्रदीप ज्ञवालीले भने पार्टीले
मन्त्री पौडेललाई आफ्नो निर्णय सच्याउन
शनिबारसम्मको समय दिएकोमा त्यो अवधि
समाप्त भएको बताए।
'के गर्ने भन्ने विषयमा टुंगोमा पुगिएको छैन',
ज्ञवालीले भने। पार्टीभित्र तीव्र असन्तुष्टि
बढेपछि ओलीले मन्त्रीलाई फिर्ता बोलाउने
पत्र तयार गरेर पनि प्रधानमन्त्रीलाई बुझाएनन्।
ओली निकट स्रोतका अनुसार उनी कुनै न कुनै
दिन पौडेललाई फिर्ता बोलाउने
मनस्थितिमा छन्। ओलीले आइतबार साँझ नै
मन्त्री पौडेललाई आफ्नो निवास बालकोटमा
बोलाएर राजीनामा दिन दबाब दिएको
स्रोतले बतायो।
तर पौडेलले आफूले कुनै काम पनि पार्टी
निर्णयविपरीत नगरेको भन्दै बचाउ गरेका थिए।
'अध्यक्षसँग मेरो भेट भयो। बडो प्रेमपूर्वक वार्ता
भयो।
उहाँले मलाई राम्रो मन्त्रीको संज्ञा
दिनुभयो', पौडेलले अन्नपूर्णसँग भने। ओलीले
आफूलाई राम्राराम्रा सुझाव दिएको पनि
पौडेलले बताए।
ओलीले राजीनामा नमागेको दाबी पौडेलले
गरे। सदस्यसचिवमा आफूले गरेको नियुक्ति
पार्टीकै निर्देशनअनुसार भएकाले कुनै हालतमा
परिवर्तन नहुने उनले बताए।
Sunday, June 28, 2015
New
खेलकुदमन्त्रीको फिर्ता प्रकरणले एमालेमा रडाको
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
साहित्य/लेख
Labels:
खेलकुद,
फिल्मी खबर,
मनोरंजन,
रोचक,
वित्तीय,
समाचार,
साहित्य/लेख
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment