भूकम्पमा ज्यान गुमाएकी अनुराधाको
८८ प्रतिशत अंक
नेपालगन्ज, असार ५ – भूकम्पमा परी ज्यान
गुमाएकी नेपालगन्जकी एक छात्राको एसएलसीमा ८८ प्रतिशत भन्दा बढी अंक
आएको छ । डाक्टर बन्ने चाहना राखेकी आदर्श उच्च माध्यामिक विद्यालय नेपालगन्जकी छात्रा अनुराधा शर्मा ८८ दशमलव ७५ प्रतिशत अंक ल्याएर
परीक्षामा उत्तिर्ण हुनुभयो । तर यो खुशीको
खबर अनुराधा आफैले भने सुन्न पाउनुभएन । गएको
वैशाख १२ गतेको बिनासकारी भूकम्पमा
काठमाडौंमा ज्यान गुमाएकी शर्मालाई
एसएलसीको नतिजाले उहाँका आफन्त,
साथीसंगी सबैलाई भावुक बनाउने गरेको छ ।
अनुराधा एसएलसी परीक्षा सकेर काठमाडौं
जानुभएको थियो । केही दिनका लागि
बहिनी श्रेयासँगै काठमाडौं गएकी
अनुराधाको वैशाख १२ गतेको भूकम्पले ढलेको
धरहरामा भत्किदा च्यापिएर ज्यान गएको
थियो । उच्च शिक्षा अध्ययनका लागि फलामे
ढोका मानिएको एसएलसी परीक्षामा
उत्तिर्ण, त्यो पनि विशिष्ट श्रेणीमा सायदै
खुशी नहुँने कोही होलान । तर नेपालगन्जमा भने
यो खबरले घटना थाह पाउने सबैलाई झनै भावुक
बनाएको छ । आदर्श उच्च माध्यामिक
विद्यालयका अनुसार परीक्षामा सहभागी
भएका मध्ये सात जना विशिष्ट श्रेणी सहित
शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
सबैभन्दा बढी अंक अनुराधाको आएको छ ।
No comments:
Post a Comment