यतिबेला नेपालले आफन्त र पराइ चिन्ने मौका
पाएको छ । दुखेको घाउमा मल्हम लगाइदिने र
मल्हम लगाइदिने बहानामा झनै चर्याउने काम
गर्नेहरुलाई नेपालीले विस्तारै पहिचान गर्दैछन् ।
यही मेसोमा यतिबेला नेपाली जनताका
लागि नेपालसँगै बलिउड र हलिउडका
कलाकारको साथ र हातले पनि उमंग दिन्छ र
दिइरहेको छ ।
हामी कहिलेकाही दृष्टिविहीन पाराले
हात्ती छामेर आ-आफ्नै तरिकाले विवेचना
गर्छौं । शनिबार फेसबुकमा देखिएको केही
स्टाटसले यस्तै कुराको संकेत गर्यो ।
बलिउडका सर्वाधिक चर्चित नायक सलमान
खानले १० करोड सहयोग र २ वटा हेलिकप्टर
नेपालका भूकम्प पीडितहरुका लागि दिएको
चर्चाले फेसबुक गर्मायो । सलमानका फ्यानहरुले
उनको फेसबुक र ट्विटर समेत नहेरी सलमानको
फ्यान भएकोमा गर्व गरे ।
त्यसको २ दिनमै सलमानले यो कुराको खण्डन गरे
। सलमानले आफूले दिन लागेको भनिएको
सहयोगको खबर झुटो रहेको बताए । कुनै विदेशी
कलाकारले सहयोग गर्छ या गर्दैन भन्ने कुरा ठूलो
होइन । सलमान खानले नेपालीलाई सहयोग
नगर्दा हामी भोकै भौंतारिने पनि होइनौं ।
सलमानले नेपाललाई सहयोग गर्नैपर्छ भन्ने पनि
कहाँ छ र ?
तर, प्रश्न त्यतिबेला उठ्यो, जतिबेला सलमानले
आफूले संचालन गर्दै आएको च्यारेटीबल संस्था
बीइङ ह्यूमनले भारतीयहरुलाई मात्र सहयोग गर्ने
स्टाटस फेसबुकमा लेखिदिए । भूकम्प गएको
करिब ९ दिनपछि सलमानले लेखेको यो स्टाटसले
धेरैको मन भूकम्पले चर्काएको घर जस्तै चर्काएको
छ । सलमानले ९ दिनसम्म नेपालमा गएको
भूकम्पको बारेमा कुनै शब्द कोरेनन् न त
सहानुभूतिको मन नै देखाए ।
एक बर्ष अगाडि सलमान खानको यो
च्यारेटीबल संस्थाले नेपालको काठमाण्डौ
स्थित राइजिङ मलमा बीइङ ह्यूमनको पसल
खोलेको थियो । सोही क्रममा बीइङ ह्यूमन
लेखिएका टिसर्ट र पाइन्टबाट आएको रकम
नेपालका विभिन्न क्षेत्रमा पनि सहयोग गरिने
बताइएको थियो । तर, त्यसको केही समयमा नै
सलमानले नेपालमा खोलिएको पसल कपडा
मात्र बेच्नका लागि हो भनेर पुष्टि गरिदिए ।
अहिले नेपालमा यो टिसर्ट प्रशस्त विक्री हुन्छ
। जसबाट उठेको रकम भारतीय नागरिकहरुको
लागि खर्च हुँदै आएको प्रष्ट हुने समय लाग्दैन ।
यो टिसर्ट लगाएर धेरै नेपाली र सलमानका
फ्यान बीइङ ह्यूमन बनेकोमा गर्व गरिरहेका छन्
।
अब, एउटा प्रश्न, भारतीय नागरिकका सामु
सलमान खानलाई देवता बनाउन हामीले बीइङ
ह्यूमनको टिसर्ट लगाएर गर्व किन गर्ने ? हामी
जाडोले काप्दा न्यानो नदिने टिसर्टमा
हामीले किन छाती फुलाउने ?
बरु, आइ लभ नेपाल लेखिएका टिसर्टमा नै
हामीले मानवता, सहायता र राष्ट्रियता
किन नखोज्ने ? राजेश हमालले नेदरल्याडमा
करोड जुटाइरहादा, प्रियंका कार्कीले
लण्डनमा निशुल्क आफ्नो प्रस्तुती दिएर लाखौं
रकम जम्मा गरिरहदा, केकी र करिश्मा
हराएका सपनामा आशा खोज्न आफ्नै दिदी
बहिनीसँग हातेमालो गरिरहदा, हामीले यता
ध्यान दिने कि नदिने ?
फेसबुकका भित्तामा सलमान खानले गर्दै नगरेको
कुरामा गर्व गरेर रमाइहँदा हाम्रा कलाकारले
नेपालीसँग गरेको हातेमालोमा नयाँ ईट्टा थप्ने
कि नथप्ने ?
साहरुख खान, अमिताभ बच्चन, आमिर खान,
रणवीर कपुर, आलिया भट्ट, करण जोहरले
नेपालमा आएको विनाशकारी भूकम्पमा भलै
मुखैले भए पनि सहानुभूति र साथको कुरा
गरिरहँदा सलमान खान बीइङ ह्यूमन नेपालका
लागि नभएको बताउँछन् । आउनुहोस्, आइ लभ
नेपाल लेखेको टिसर्टमा हामी ह्यूमन बीइङको
खोजी गरौं । संसारमा मानवता ‘ह्यूमन
बीइङ’मा अडिएको छ । अब, तपाई आफै छनोट
गर्नुहोस्, बीइङ ह्यूमन बन्ने या ह्यूमन बीइङ ।
भनिन्छ, छिमेकी मर्दा र पर्दामा काम लाग्छन्
। बिहेमा जन्ती जाने भन्दा मर्दा मलामी जाने
असल छिमेकी हुन् । छिमेकीको साथ हाँसोमा
भन्दा आँसुमा डुब्दा ज्यादा मुल्यमान हुन्छ ।
वैशाख १२ गते गएको भूकम्पपछि नेपालीहरु यस्तै
साथको खोजी गर्दैछन् ।
हामीले दिएको २ किलो चामलले कसैको
जीवनभरको भोक मेट्दैन, तर उसमा बाँच्ने आशा र
साहस पलाउँछ । हामीले थप्थपाएको हातले
कसैको जिवन ठडिदैन, तर आफै ठडिने अठोट बन्छ
। यसैले पनि हामी यतिबेला यस्तै हात र
साथको खोजी गरिरहेका छौं, जसले
हामीलाई २ दिनको भोजन होइन, जीवनभर
उठ्ने साहस दिओस् ।
सलमान खानले भने- मैले नेपाललाई सहयोग गरेको
छैन
Sunday, June 28, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
वित्तीय
Labels:
अन्तराष्ट्रिय समाचार,
फिल्मी खबर,
वित्तीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment