१३ जेठ, पोखरा
- वैशाख १२ को विनाशकारी भूकम्पपछि
समाचार संकलन गर्न नेपाल आएका भारतीय
पत्रकारको निकै आलोचना भयो । खासगरी
भारतीय टीभीहरुको प्रस्तुतीका कारण
आलोचना मात्र भएन, समाजिक सञ्जाल
ट्वीटरमा ट्रेण्ड नै भयो ।
तर, पोखरा भ्रमणमा आएका भारतीय
पर्यटकहरुले नेपालको पर्यटन पूनरुत्थानका लागि
सघाउने प्रतिबद्धता मात्र जनाएनन्, विगतको
गल्तीप्रति माफी समेत मागेका छन् ।
पोखरा पर्यटन प्रबर्द्धन समिति
(पीटीआरसी)को निमन्त्रणामा आएका
भारतीय पत्रकारहरुले आइतबार पोखरामा
आयोजित अन्र्तरक्रियामा भुकम्प आएलगत्तै
नेपाल आएका भारतीय पत्रकारहरुले नेपाल
तहसनहस भएको भनेर नकारात्मक रुपमा मात्रै
प्रचार गरेको प्रति माफी मागेका हुन् ।
लखनउका बरिष्ठ पत्रकार गुड्डु जैयसवालले जान
अञ्जानमा भारतका पत्रकारले भूकम्पका त्रास
फैलाउँदा नेपालमा पर्यटक आगमनमा कमी
आएको स्वीकार्दै अब यसलाई सच्याउने बताए ।
उनले भने-‘जान अञ्जानमा हाम्रा भारतीय
पत्रकारले नकारात्मक कुरा मात्र प्रचार गरेर
गल्ती गरे, तर अहिले आएर हामीलाई पश्चाताप
लागिरहेको छ, त्यसैले हामी माफी चाहन्छौं
।’
उनले बिगतमा भएको गल्ती सच्याउन शुरु
भइसकेको भन्दै नेपालको पर्यटन प्रबर्द्धनका
लागि अब भारत गएर सक्दो प्रयास गर्ने बताए ।
भारतकै बरिष्ठ पत्रकार डिके सिंहले भारतीय
सञ्चार माध्यममा नेपाल तहसनहस भएको दृश्य र
समाचार मात्रै देखेर आफूहरु त्रसित भएपनि
पोखरा आएर हेर्दा त्यस्तो त्रास कहिीँ
नदेखिएको बताए ।
उनले भने-‘हामीले भारतीय मिडियामा
जस्तो देखेका थियौं, जस्तो सुनेका थियौं तर
यहाँ त्यस्तो विल्कुल देखिएन, सबै सुरक्षित
देख्यौं ।’
भुकम्पपछि पनि नेपालीको ओंठमा हाँसो
पहिले जस्तै देखिएको भन्दै उनले भने- ‘अहिलेपनि
नेपालीको ओंठमा पहिलेजस्तै मुस्कान छ, अनि
यहाँको हस्पिटालिटी र दिनचर्या देख्दा
लाग्छ-के यहाँ भुकम्प गएको थियो र ?’
उनले यहाँको बास्तविक यथार्थ भारत गएर
नेपालमा घुम्न आउने वातावरण मिलाउन भरपुर
प्रयास गर्ने प्रतिबद्धता जनाए ।
अर्का बरिष्ठ पत्रकार तथा पर्यटन ब्यवसायी
श्रीचन्द्र गुप्ताले नेपालको १४ जिल्लामा
मात्रै भुकम्पले क्षति पुर्याएको र अन्य ठाउँ
सुरक्षित रहेको सन्देश आफूहरुले फैलाउने बताएका
छन् ।
नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध
भएको बताउँदै भारतीय केही मिडियाले गलत
गर्दैमा दुइ देशबीचको सम्बन्धमा कुनै कमी नआउने
बताए ।
भारतीय समाजवादी पार्टीका नेता आरिफ
हास्मीले नेपाल एक वर्ष भित्रैमा पुरानै
अवस्थामा र्फकने विश्वास व्यक्त गरे । उनले
भने-‘तपाईंहरु अहिले आत्तिनुभएको छ, तर धैर्य
गर्नुस्, मलाई विश्वास छ तपाईंहरु ६ महिनादेखि
१ वर्ष भित्रमा पहिल्यैकै अवस्थामा फर्कनुहुनेछ
।’
कार्यक्रममा पोखरा पर्यटन पूनरुत्थान
समितिका संयोजक गणेशबहादुर भट्टराईले
नेपालका केही ठाउँमा भुकम्पले क्षति
पुर्याएपनि पर्यटकीय क्षेत्र सुरक्षित रहेको
बताए ।
Sunday, June 28, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Labels:
अन्तराष्ट्रिय समाचार,
रोचक,
वित्तीय,
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment