काठमाडौं,
असार
११
-
पर्याप्त
कामदार
नहुँदा
सुनचाँदीको
व्यवसायमा
असर
परेको
छ
। भूकम्प लगत्तै काठमाडौं उपत्यका छोडेर
गएकामध्ये आधाजसो विदेशी कामदार अझै
काममा नफर्किंदा समस्या परेको व्यवसायीले
बताएका छन् ।
भूकम्पका कारण उपत्यका छोडेर गएका विदेशी
कामदार आधाजसो फर्किसकेका र आधा अझै
नफर्किएकोले आफूहरुको व्यवसायमा असर परेको
नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष
माणिकरत्न शाक्यले बताउनु भयो । उपत्यका
छोड्ने क्रममा केहीले आफूले काम गरिरहेको सुन,
चाँदी, हिरा लगायतका बहुमूल्य सामान
फर्काएर गएको र केहीले सँगै नै लिएर गएको
शाक्यले बताउनु भयो । उहाँका अनुसार बहुमूल्य
सामान आफूसँगै लिएर गएकाहरु फर्किएका छैनन् ।
सुनचाँदी व्यवसायमा नेपाली बाहेक भारत र
बंगलादेशका कामदारहरु कार्यरत छन् । विदेशी
कामदारको संख्या १६ हजारको हाराहारी छ
Sunday, June 28, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment