Sunday, June 28, 2015

भारतले नेपाललाईफिर्ता गर्यो मिचेको ९६रोपनी

काठमाडाै असार १४ । भारतद्वारा
लामो समयदेखि अतिक्रमित पर्साको
ठोरीस्थित ९६ रोपनी नेपाली भूमि
अन्ततः नेपालले फिर्ता पाउने भएको छ ।
८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा
गाड्न भारत सरकार राजी भएपछि १२ एकड
अर्थात् ९६ रोपनी नेपालको जमिन
विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने
भएको हो ।
नेपाल र भारतबीच मुख्य विवादित
क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको
सुस्ता, दार्चुलाको कालापानीलगायत
पर्छन् । ठोरी गाविसमा पर्ने ती दुई
सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै
स्थानमा गाढ्न भारतीय पक्ष राजी
भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल
र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम
साता त्यस विषयमा हस्ताक्षर भइसकेको
जानकारी नापी विभागका एक उच्च
सरकारी अधिकारीले दिए, आजको
अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया व्यक्त गर्नुहोस

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com