Sunday, June 28, 2015

नेपालको पहिलो खेल जोर्डनसँग

२०७२ आशाद १२ शनिबार
काठमाडौं : आगामी एएफसी यू-१६ छनोट
फुटबलमा नेपालले पहिलो खेल जोर्डनसँग खेल्ने
भएको छ।
एएफसीले शुक्रबार सार्वजनिक गरेको
खेलतालिका अनुसार छनोटअन्तर्गत समूह
'बी'मा रहेको नेपालले दोस्रो खेल
किर्गिस्तान र तेस्रो खेल ओमानविरुद्ध खेल्नेछ।
नेपाल रहेको समूहको खेल आगामी सेप्टेम्बर १६
देखि २० सम्म किर्गिस्तानको बिस्केकमा
आयोजना हुँदै छ।
नेपालले गत एएफसी यू-१६ प्रतियोगिता खेलेको
थियो। नेपालले खेल्ने हरेक खेल दुईदुई दिनको
फरकमा हुनेछन्।
छनोटअन्तर्गत ११ वटा समूह छन्। समूहको विजेता
र चारवटा उत्कृष्ट उपविजेता फाइनल चरण
(प्रिक्वार्टर फाइनल) पुग्नेछन्।
आयोजकका रूपमा भारतले स्थान बनाइसकेको
छ। यसैगरी एएफसी यू-१९ छनोट
प्रतियोगिताको पनि खेलतालिका
सार्वजनिक गरिएको छ।
समूह 'ई' मा रहेको नेपालले पहिलो खेल इरान,
दोस्रो खेल कुवेत र तेस्रो खेल जोर्डनसँग खेल्नेछ।
यो समूहको छनोट खेल अक्टोबर २ देखि ६ सम्म
इरानको मासाद सहरमा हुनेछ। आयोजकका
रूपमा बहराइनले फाइनल चरण (प्रिक्वार्टर
फाइनल) मा स्थान बनाइसकेको छ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com