Saturday, June 27, 2015

‘श्रीमतीलाई नर्सिङ पढाउन ११वर्ष मलेसियामा घोटिए, नर्सबनेपछि पोइल गइन्’

मेरो नाम राजन गिरी हो ।
मेरो घर भूल्के-५ भोजपुर, हाल विराटनगर-४ मा
डेरा गरी बस्दै आएको छु । म गरिब परिवारको
भएका कारण आफ्नो जिविका चलाउनका
लागि मलेसियामा गएर काम गर्न थालेको
पनि ११ वर्ष भयो । गरिब भएपनि या जतिसुकै
गाह्रो भएपनि घरमा एकजना शिक्षित हुनुपर्छ
भन्ने लागेर मैले मेरो श्रीमतीलाई पढाउने निर्णय
गरे र प्लस टु पढाए । प्लस टु पढाएर पनि केही नहुने
देखेपछि मैले उनलाई स्टाफ नर्स पढाए ।
दिनरात मेहेनत गरेर विदेशी भूमीमा पसिना
बगाएर कमाएको पैसाले विराटनगरमा कोठा
भाडामा लिएर राखेर उनलाई स्टाफ नर्ससम्म
पढाए र उनी नोबेल हस्पिटलमा काम गर्न
थालिन् । तर, उनले मलाई धोका दिइन् र मैले
पसिना बगाएर कमाएको सम्पत्ति लिएर पोइल
गइन् । उनले ४ तोला सुन लिएर भागेकी छिन् ।
म सबै नेपाली साथीभाई हरूलाई भन्न चाहन्छु
की श्रीमतीको सबै कुरामा विश्वास गर्न नहुने
रहेछ । मैले किन यस्तो भन्दैछु भने म एक पात्र हुँ
जसले यसको ज्वलन्त उदाहरण भोगेको छ ।
मैले बगाएको पसिनाको कमाईमा पढेर काम गर्न
थालेकी उनले घर सानो भयो, मलाई जागिरमा
जान गाह्रो भयो मोटरसाईकल चाहियो भन्दै
मलाई विदेशिन बाध्य बनाइन् । यसक्रममा उनले
आफूसँग जोडी नमिल्ने, लवाई खुवाई मिल्दैन भन्दै
सम्पत्ति कम भएको भन्ने निहुँमा झगडा गर्ने र
मलाई फेरी विदेश जान बाध्य बनाएपछि म
मलेसिया आएको ११ महिनापछि पोइला गइन् ।
यता म भने श्रीमतीको पढाई खर्च कसरी
पुर्याउने भन्दै कति दिन भोकै बसे, भोकै काम गरे
। तर, मेरो उक्त मेहेनत खेर गयो । अहिले अनेक
बहाना बनाएर पोइला गइन् । उनको नाम
सुमित्रा गिरी हो, नागरिकतामा यही छ
नाम ।म अहिले मलेसियामा छु । उक्त घटनाबारे
मेरो बहिनी हिरा गिरीले विराटनगर
चौकीमा निवेदन दिएकी छिन् ।
दाईले विदेशबाट पैसा पठाएर भाउजुलाई पढाउनु
भयो : हिरा गिरी
भाउजु र म सँगै डेरा गरेर बस्थ्यौ । दाइले बेदशबाट
पैसा पठाएर भाउजुलाई पढाउनु हुन्थ्यो ।
दाईको बिहे सुमित्रासँग एसएलसी दिएपछि
भएको थियो । सुमित्रालाई दाइले नै प्लस टु र
स्टार्फ नर्स पढाउनु भएको थियो ।
नोवेल मेडिकल कलेजमा काम गरेको दुई बर्ष हुन
लागेको थियो । भाउजु विएसी गर्न भन्दै
काठमाण्डौ जानु भयो गत वर्ष मंसिरमा ।
काठमाडौ गएको केही दिनपछि वहाले फोन
गरेर आफूले बिहे गरेको बताउनु भयो । त्यसपछि
कुनै सम्पर्क भएको छैन् । पढ्न दाइले नै पठाउनु
भएको थियो । तर, सम्पर्कमा नआएपछि मैले
पुसमा जिल्ला प्रहरी कार्यालयमा मोरङमा
मान्छे हराएको भन्दै उजुरी गरे । यस विषयमा
प्रहरीले कुनै जानकारी दिएन ।
प्रहरी के भन्छ ?
यता जिल्ला प्रहरी कार्यालय मोरङले गत बर्ष
सुमित्रा गिरी हराएको भन्दै खोजी गरिदिन
निवेदन परेको जानकारी दिएको छ ।
सुमित्राको खोजी गर्दा फेला नपरेको
जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी
दिएको छ ।(राजन गिरी हाल रोजगारीका
लागि मलेसियामा छन् ।)

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com