खाना छोड्दैमा भुँडी घट्दैन
आफ्नो पित्तले भुँडीबाट हैरान भएका व्यक्तिहरू
त्यो सुहाउँदिला आकारमा आओस् भनेर अनेक
उपाय अपनाउने गर्छन् । धेरैजसोको एउटै फर्मुला
हुन्छ– भात नखाने वा अरू खाना पनि निकै कम
खाने ।
नयाँ अनुसन्धानको दाबीअनुसार, स्लिम देखिने
चक्करमा खाना छोड्दा उल्टो प्रतिफल आउन
सक्छ । भुँडी घट्ने होइन, झन् बढ्न सक्छ । यो
अनुसन्धान जर्नल अफ न्युट्रिसन
बायोकेमिस्ट्रीको अनलाइन संस्करणमा
प्रकाशित छ । एक छाक नखाएर अर्को छाकमा
त्यसको भर्पाई गर्न खोज्नुभन्दा दिनभर
अलिअलि खाने गर्दा चाहिँ भुँडी घटाउन मदत
मिल्छ ।
अध्ययन अनुसार, क्यालोरी घटाउन भोजन
छोड्ने कामले शरीरलाई ग्लुकोज र इन्सुलिनको
ठूलो उतारचढावका लागि तयार गर्छ र यसले
तौल कम हुनुको सट्टा बोसो झन् एकत्रित हुन
सक्छ ।
No comments:
Post a Comment