भारी बर्षापछि आएको पहिरोले गोर्खाको
६० वटा घरहरु बगायो
गोरखा : बैशाख १२ गतेको भुकम्पले सबै घर
भत्काएर खण्डहर बनाएको केरौंजा गाउँका ६०
वटा घर शुक्रबारदेखि झरेको पहिरोले लगेको छ
।
लगातारको बर्षापछि आएको पहिरोले गाउँ नै
बगाउन सुरु गरेको हो । शुक्रबारको भारी
बर्षापछि आएको पहिरोले केरौंजाको ६० वटा
घर लगेको स्थानीय सुकबहादुर गुरुङले जानकारी
दिए ।
‘वडा नम्बर १, २, ३ र ४ मा चारसय ७५ घरधुरी
थिए’ गुरुङले भने ‘गाउँ माथिबाट खसेको
पहिरोले ६० वटा घर गण्डकीमा पु¥यायो । अरु
पनि पहिरोले घर लाने क्रम जारी छ ।’
भूकम्पले घर भत्काएपछि गाउँलेहरु आसपासमा
टहरो बनाएर बसेका थिए । माथिबाट आएको
पहिरोले गाउँ लगेपछि उनीहरु बस्ती छाडेर
मल्तीडाँडा, बंलाचोकडाँडा, गिटेन, जोङगंग,
गन्चुकतिर छरिएर बसेका उनले बताए । ‘यति
गहिरो बनाएर पहिरोले लगेको छ कि एउटै
गाउँबीचको खाल्डो छिचोल्न मिनेट उकालो
चढ्नुपर्छ’ गुरुङले भने, ‘पहिरो जान थालेपछि
हामी बसेको ठाउँमा पनि चिराचिरा
पारेको छ । पानीपानी भएको जमीन कतै तीन
चारमिटर भ्वाँङ परेको छ ।’
वैशाख १२ पछि त्यो गाउँमा निरन्तर पहिरो
झरिरहेको उनले बताए । पहिरोले भुकम्पले
भत्काएका घरबाट निकालिएको काठपात,
अन्न र लत्ताकपडा सबै लगेको स्थानीयको
भनाइ छ । ‘भुइँचालोले भत्काएको घर खोतलेर
निकालेको बलो, डाँडाभाटा पनि
गण्डकीमा पुर्याइदियो’ अर्का स्थानीय
कान्छा गुरुङले भने, ‘भत्केको घरबाट झिकेको मकै,
कोदो, आलु र चामल पनि गण्डकीमा पुर्यायो
।’
भुइँचालोपछि पहिरोको डरले बालबच्चा र
महिलाहरु त्रसित भएको उनले बताए ।
‘बालबच्चा र महिलाहरु राती सुत्दै सुत्दैनन्’ उनले
भन
No comments:
Post a Comment