बिहानै ४.४ रेक्टर स्केलको पराकम्प
काठमाडौं, असार १५ – मंगलबार बिहानै काभ्रे केन्द्रबिन्दु भएर पराकम्प गएको छ । बिहान तीन बजेर ३१ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार राति दुई पटक सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई वटा पराकम्प गएका थिए । राति ११ बजेर २७ मिनेट जाँदा ४ दशमलव १ तथा ११ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको पराकम्प गएको केन्द्रले जनाएको छ ।
वैशाख १२ गने गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको गोरखा भूकम्पपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् । वैशाख १२ को भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ३५ भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।
No comments:
Post a Comment