काठमाडौं, श्रावण २१ - नेपाल ओलम्पिक
कमिटी (एनओसी) को चुनाव अन्तत: एक महिना
पछि सरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)
हाबी रहेको एनओसीको साधारणसभाले
बिहीबार सर्वसम्मत चुनाव पछाडि सार्ने
निर्णय गरेको हो। एन्फाले साधारणसभाबारे
आफूलाई कमिटीको विधानअनुसार समयमा
जानकारी प्राप्त नभएको जिकिर गरेपछि यो
निर्णय भएको हो।
चुनावी बैठकलाई त्यसपछि साधारणसभामा
परिणत गरिएको हो। ‘एन्फाले एनओसी
विधानअनुसार आफूलाई साधारणसभाबारे २१
दिन अगाडि जानकारी प्राप्त हुनुपर्नेमा त्यो
प्राप्त नभएको जिकिर गरेपछि साधारणसभाले
एक महिनापछि चुनाव गर्ने सर्वसम्मत निर्णय
गरेको हो,’ एनओसीका अहिलेका महासचिव
तथा अध्यक्ष पदका दाबेदार जीवनराम श्रेष्ठले
बताए।
उनका अनुसार अब चुनावको नयाँ मिति
एसियाली ओलम्पिक काउन्सिल र
हामीबीचको छलफलले तय गर्नेछ।
साधारणसभामा उपस्थित २६ संघमध्ये
एन्फालाई छाडेर अन्य २५ संघले भने आफूहरूलाई
साधारणसभाबारे समयमै जानकारी प्राप्त
भएको बताएका थिए। साधारणसभाका लागि
एसियाली ओलम्पिक कमिटीका प्रतिनिधि
रहेका हैदर फरमान बैठकमा उपस्थित थिए।
‘एनओसी अझ बढी पारदर्शी र प्रजातान्त्रिक
हुन चाहन्छ, त्यसैले हामी कुनै एक संघको हकलाई
हनन हुन दिंदैनौं,’ पत्रकार सम्मेलनमा महासचिव
श्रेष्ठले भने, ‘यी सबै घटना हाम्रा लागि
शिक्षाका रूपमा प्राप्त भएको छ। अब हामी
चाहन्छौं, यस्तो सबै प्रक्रिया एनओसीले पनि
पूरा गर्नेछ र यस अन्तर्गतका अरू संघले पनि पूरा
गर्नेछन्।’ स्रोतका अनुसार एन्फालाई
साधारणसभाबारे मौखिक जानकारी रहे पनि
लिखित पत्र पुग्न ढिलाइ भएको थियो।
साधारणसभाका लागि एन्फाले आफ्नो
प्रतिनिधि पनि तोकेको थिएन र
बिहीबारको बैठकमा एन्फा अध्यक्ष गणेश
थापा स्वयं उपस्थित थिए। एनओसीको
अहिलेको कार्यसमितिमा एन्फाका
महासचिव धीरेन्द्र प्रधान उपाध्यक्ष पदमा
रहेका छन्। सबै घटनाक्रमलाई लिएर महासचिव
श्रेष्ठको थप प्रक्रिया थियो, ‘यसलाई पक्ष,
विपक्षका रूपमा नहेरौं।’
बिहान तनाव
एनओसीको साधारणसभा हुने
सातादोबाटोस्थित भवनमा बिहीबार
बिहान प्रहरीको तैनाथीपछि तनावको
वातावरण सिर्जना भएको थियो।
साधारणसभामा भाग लिने आउने
प्रतिनिधिलाई प्रहरीले एनओसीको भवनमा
प्रवेश गर्न दिएन। त्यसलाई एनओसीका वर्तमान
अध्यक्ष ध्रुवबहादुर प्रधानले भत्र्सना गरे र
यसलाई गलत कामको संज्ञा दिए।
यसबारे महासचिव श्रेष्ठले थपे, ‘हामीलाई
एनओसी भवनमा प्रवेश गर्न नदिने प्रहरीलाई
यसबारे प्रश्न गर्दा यो माथिको आदेश
भनियो। तर हामीले सबै निकायमा सोध्दा
यसबारे कसैले पनि जिम्मेवारी लिन चाहेनन्।
एनओसीको भवन अन्तर्राष्ट्रिय ओलम्पिक
काउन्सिलसँग आबद्ध संघको भवन हो।
साधारणसभामा बिहान जे जस्तो घटना भयो
यो एक प्रकारले कूटनीतिक मर्यादाको उल्लंघन
पनि हो।’
Friday, August 7, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
खेलकुद
Labels:
खेलकुद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment