Wednesday, August 5, 2015

यी ६ कुराले कपाल झर्नबाट रोक्छ ....(थाहा पाउनुहोस

कपाल कसैको मौसम परिबर्तन भयो भने झर्छ भने
कसैले आफ्नो कपालको हेर चाहा गरेन भने कापल
बडी मात्रामा झर्छ । आजकल कपाल झर्ने
समस्याबाट धैरै मानिस पिडित छन् । लामो,
बलियो र चम्किलो कपाल पाल्ने चाहना
सवैको हुन्छ । कपाल झर्ने समस्याले हैरान
हुनेहरुलाई कपाल झर्न रोक्ने प्राकृतिक उपाय
यहाँ सुझाइएको छ। कपाल झर्न रोक्नको लागी
हामिले खाने कुराले समेत प्रत्यक्ष प्रभाव
पार्दछ। कपाल झर्नबाट रोक्न उपयोगी हुने ६
चीन यस प्रकार छन्..
१. सिमिः
सिमिमा पर्याप्त मात्रमा फाइबर पाइन्छ ।
एक कप पाकेको सिमीको गेडामा १३ ग्राम
सम्म फाइबर पाइन्छ । सिमिमा प्रोटिन पनि
पाइन्छ जसले कपालको विकासमा सहयोग
गर्दछ ।
२. बदाम र काजुः
बदाम र काजु जस्ता खानेकुरा पनि कपालको
लागि निकै महत्वपुर्ण मानिन्छन् । बदाम र
काजुमा हुने ओमेगा ३,खनिज, सेलेनियम, जिंक
जस्ता पदार्थ पाइन्छ जसले कपालालई स्वस्थ र
चम्किलो बनाउँछन् ।
३. सल्मोन माछाः
सल्मोन माछामा पर्याप्त मात्रमा ओमेगा ३,
भिटामिन बी १२ पाइन्छ,जसले कपाललाई
बलियो बनाउँछ । ओमेगा र भिटामिन १२ को
कमिले कपाल रुखो बन्छ ।
४.गाँजरः
गाँजरले कपालको प्राकृतिक कन्डिसिनिङ
गर्दछ। यसका साथै गाँजरमा भिटामिन ए पनि
पर्याप्त मात्रमा पाइन्छ ।
५.हरियो सागसब्जीः
हरियो सागसब्जीमा आइरन, भिटामिन्स,
क्याल्सियम पाइन्छ, कपालको वृद्धीको
लागी यी तत्वहरु निकै उपयोगी हुन्छन् ।
६.अण्डाः
अण्डमा प्रोटिन, भिटामिन बि १२, बायटिन
जस्ता तत्व पाइन्छ । यसलाई पकाउँदा थोरै तेल
वा घ्युका प्रयोग गरे झन उपयोगी हुन्छ । यी ६
कुरा अपनाउदा हजुरको कपाल झर्नबाट
रोकिन्छ ।स्रोत : ओ यस नेपाल

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com