Wednesday, August 5, 2015

बिहान सबेरै उठेर यी ५ काम गर्दा राम्रो हुन्छ (थाहा पाउनुहोस)

हामी बिहान उठ्ने बेलामा नया दिन सुरु हुन्छ
नया दिन को साथ नया आभास। हामी सबै
बिहान उठ्दा आफनो आफ्नो कम मा लागेका
हुन्छौ । तर हामीले आफ्नो बारेमा केहि
सोच्दैनौ स्वास्थ्य र आनन्द जीवन यी ५ कुरा
अपनाउदा राम्रो हुन्छ ।
*बिहान सबेरै उठ्नु
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान
सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर
केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने
मानिस धेरै स्वस्थ हुने गर्छन ।
*पानी पिउनु
हामि साधारणतया ६ देखि ८ घन्टासम्म
सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको
हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान
उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ ।
त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर
निकाल्छ । खाली पेटमा पानि पिउदा
ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।
*बिहानै नुहाउनु
आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ
। जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस
महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै
उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।
*योग गर्नुपर्छ
योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो
हो । बिहान योग गर्दा फिट रहने मात्र नभै
मोटोपन पनि घट्छ । ध्यान तथा लामो
समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय
रहन्छ ।
*खुसि रहनुस ‘
मर्निङ्ग शो द डे’ भन्ने गरिन्छ तेसैए बिहान पख
सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान
बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख
पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै
खुसि रहन आवस्यक हुन्छ । स्रोत : ओ यस नेपाल

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com