काठमाडौं, श्रावण २० - भूकम्पपीडित
सहयोगार्थ मलेसियामा हुने च्यारिटी खेलका
लागि नेपाली टोलीमा युवा विकेटकिपर
राजु रिजाललाई पनि समेटिएको छ।
क्वालालम्पुर स्थित किनरारा ओभलमा अगस्ट
९ मा खेल हुनेछ।
राजु नेपाली यू–१९ टोलीका विकेटकिपर हुन्।
अगस्ट २६ देखि सेप्टेम्बर ४ सम्म मलेसियामै हुने
एसीसी यू–१९ प्रिमियरमा राजुकै कप्तानीमा
नेपाली टोली उत्रिँदै छ। क्यान ११ को
नामबाट खेल्ने नेपाली टोलीमा राजुसँगै महबुब
आलम र भुवन कार्कीलाई समेटिएको छ।
क्यान ११ बाट खेल्ने अन्य खेलाडीहरूमा पारस
खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर,
राजेश पुलामी, सोमपाल कामी, अनील मण्डल,
सिद्धान्त लोहनी, शक्ति गौचन, अविनाश
कर्ण र करण केसी छन्। स्कटल्यान्डसँग विश्व
क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको
टोलीबाट वसन्त रेग्मी र प्रदीप ऐरीलाई
मलेसिया जाने टोलीमा राखिएको छैन।
सोमबार नेपाल फर्केको टोलीमा महेश क्षेत्री
र पृथु बाँस्कोटा थिएनन्। यी दुवै अहिले पनि
इङ्ल्यान्डमा क्लब क्रिकेट खेलिरहेका छन्।
विश्व ट्वान्टी–२० छनोटमा कमजोर
प्रदर्शनपछि नेपालले प्रमुख ब्याट्सम्यानद्वय
सुवास खकुरेल र विनोद भण्डारीलाई
टोलीबाट हटाएको थियो। त्यसपछि
महेशलाई स्कटल्यान्डसँगको खेलमा मौका
दिएको थियो। सोही कारण अहिले राजुले
मौका पाएका छन्। राजुकै कप्तानीमा नेपालले
गत वर्ष कुवेतमा एसीसी यू–१९ मा खेलेको
थियो, जहाँ नेपाल दोस्रो भएको थियो।
प्रशिक्षकमा पुबुदु दसानायके नै जाने भएका छन्।
यसअघि उनले घरायसी कारण क्यानडा
फर्किनुपर्ने भएकाले मलेसिया नजाने बताएका
थिए। दसानायकेका अनुसार वसन्तको
पासपोर्टमा समस्या र प्रदीपले ‘ब्रेक’ चाहेकाले
मलेसिया नगएका हुन्।
श्रीलंकाका महान् क्रिकेटर सनथ जयसुर्याले
नेपाल ११ सँगको खेलमा कप्तानी गर्ने भएको
मलेसिया क्रिकेटको आधिकारिक वेबसाइटमा
जनाइएको छ। विश्वकप विजेता जयसुर्याले
अन्तर्राष्ट्रिय क्रिकेटमा २१ हजारभन्दा बढी
रन बनाउनुका साथै ४ सय ४० विकेट लिएका छन्।
विश्व ११ बाट पाकिस्तानका पूर्व विकेटकिपर
रसिद लतिफ, बंगलादेशको पहिलो टेस्ट कप्तान
अमिनुल इस्लामसँगै अब्दुर रज्जाक र सोहाग
गोजी, भारतका भिनुगोपाल राओ छन्। अन्य
खेलाडीमा अस्ट्रेलियाका स्टिभ ओ’किफे,
मार्कुस स्टाइनिस, मलेसियाका फैज नुर, सुरेश
नभरत्नम, सिंगापुरका चेतन सूर्यवंशी छन्। ओ’किफे
र स्टाइनिस अस्ट्रेलिया ‘ए’ बाट भारतमा
खेलिरहेका थिए। महबुबले आफू टिममा परेपछि
खुसी हुँदै सोसल मिडियामा लेखे, ‘मेरो सपना
पूरा भएको छ। सनथ जयसुर्यासँग खेल्नका लागि
म उत्साहित छु।’
Friday, August 7, 2015
New
About Unknown
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
खेलकुद
Labels:
खेलकुद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment