Wednesday, August 5, 2015

बिरालो बन्यो कम्पनीको म्यानेजर, तलब २२ हजार....

बिरालोलाई हामीले घर पलुवाको नाममा
छिने गर्छौ । तर यहाँ बिरालो कम्पनीको
म्यानेजर बनेको छ ? सायद नयाँ नयाँ
चुनौतिहरुको सामना गर्नुपर्ने अहिलेको
प्रतिस्पर्धी युगमा कुन मुर्ख मालिकले पशु
बिरालोलाई आफ्नो कम्पनीको म्यानेजर
बनाउला र ? तर आखिर मानिसको मन न हो ।
लहड चलेपछि जे पनि गर्दो रहेछ ।
रोमानियाको एक नाम चलेको कम्पनीमा
म्यानेजरको रुपमा बिरालो नियुक्त भएको छ ।
क्याटबक्स नामक अनलाइन सपिङ कम्पनीले
बिरालोलाई म्यानेजर बनाएको हो । कम्पनीले
आफ्नो साइटमा म्यानेजर बिरालोका
थरिथरिका फोटोहरु पनि पोष्ट गरेको छ ।
बिरालोलाई म्यानेजरमा नियुक्त गरेसँगै
कम्पनीको आयआर्जनमा वृद्धि भएको तथा
मानिसहरुलाई मनोरन्जन पनि प्राप्त भएको
दाबी कम्पनीको छ । आखिर म्यानेजर जस्तो
उपल्लै स्तरको पद दिएपछि तलब पनि त
दिनुपर्यो । कतै तलब दिनुनपर्ने भएकोले
बिरालोलाई म्यानेजर बनाएको पो होकी ?
भन्नुहोला । तर होइन, यो बिरालोलाई
मासिक तलब तथा भत्ता गरेर २ सय १६ डलर
अर्थात् झण्डै २२ हजार रुपैयाँ दिने गरिएको छ ।
अझ रोचक कुरा त के भने यो बिरालोलाई जति
तलब दिइन्छ त्यसको एक चौथाइ हिस्सा त उसले
आफ्नो खानपानमै खर्च गर्दछ । अरु बँचेको तलब
उक्त बिरालोले आफ्नो मालिकलाई दिने गरेको
छ । स्रोत : ओ यस नेपाल

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com