Saturday, July 4, 2015

‘भारतले नेपाली भूमि मिच्दा किन चुप ?’

भारतले नेपाली भूमि मिच्दा किन चुप ?’

काठमाडौं : नयाँ संविधानको मस्यौदाबारे
शनिबारबाट शुरु छलफलमा भारतले नेपाली भूमि
मिचेकोबारे सभासद्हरुले प्रश्न उठाएका छन् ।
सभासद्हरुले देशका विभिन्न भागको सिमाना
भारतले मिचेको प्रसंग उठाउँदै आफ्नो सिमाना
जोगाउन नसक्दा सार्वभौमसत्ता नै संकटमा
परेको तर्क गरे ।
छलफलमा सहभागी हुँदै नेपाः राष्ट्रिय
पार्टीका सभासद् लक्ष्मण राजवंशीले भारतले
नेपाली भूमि चोक्टा चोक्टा बनाएर लुछ्दा
पनि नेपाल सरका मौन बसेको आरोप लगाए ।
‘भारतले नेपालको भूमि चोक्टा चोक्टा
बनाएइर लुछ्दैछ’, उनले भने, ‘महाकाली कहाँ छ ?,
सुस्ता कहाँ छ ?, अरु नेपाली भूमि कहाँ छन् ?,
अनिक कसरी जोगिन्छ सार्वभौमसत्ता ।’
छलफलमा सहभागी हुँदै सभासद् विशेन्द्र
पासवानले दलितका अधिकारलाई पनि
संविधानमा ग्यारेन्टी गर्न माग गरे । उनले
दलितलाई पनि संविधानमा समेटेर लैजान भन्दै
त्यसो नभए आन्दोलित हुने चेतावनी दिए ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com