Wednesday, July 15, 2015

काठमाडौं उपत्यकामा सवारी चाप कम गर्न मेट्रो र मोनो रेल सञ्चालन गरिने

काठमानडौं उपत्यकालार्इ अब राष्ट्रिय राजधानी शहरको रुपमा विकास गरिने भएको छ। देश संघीयतामा गइसकेपछिको अवस्थामा काठमाडाैंलाइ राष्ट्रिय राजधानीको रूपमा विकसित गर्ने योजना सरकारले अघि सारेको हो।
अर्थमन्त्री रामशरण महतले मंगलबार प्रस्तुत गरेको अार्थिक वर्ष २०७२/७३ को बजेटअनुसार उपत्यकाका खुला ठाउँमा वृक्षारोपण, हरियाली विस्तार, साजसज्जा र आवश्यक पूर्वाधार निर्माणका लागि निजी जग्गा पनि खरिद गरिनेछ।नागरिक दैनिकमा समाचार छ ।
बाग्मनी नदी सफाई, मनोहरा, हनुमन्ते, विष्णुमति फोहररहित पारिने, काठमाडौं उपत्यकामा ४ सय ४० शौचालाय बनाउने बजेटले कार्यक्रम ल्याएको छ।

यसैगरी सरकारले काठमाडौं उपत्यकामा सवारी चाप कम गर्न मेट्रो र मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने भएको छ। सम्भाव्यता अध्ययनका लागि सरकारले ८ करोड रुपैयाँ छुट्टयाएको छ। यस्तै उपत्यकाका मूल सडकहरूमा ४० सीट भन्दा बढी क्षमताका अपांग मैत्री सार्वजनिक सवारी मात्र सञ्चालन अनुमति दिने व्यवस्था गर्ने भएको छ। नयाँ दर्ता भएका साना सार्वजनिक सवारीलाई सहायक सडकमा मात्र सञ्चालन अनुमति दिइने पनि बजेटमा उल्लेख छ।

यसैगरी, बजेटले ललितपुरस्थित साझा यातायातको खाली जग्गामा दक्षिण एसियाली सम्मेलन केन्द्र निर्माण गर्ने भएको छ। सरकारले सार्वजनिक लगानीमा नै केन्द्र निर्माण गर्न लागेको हो। यस्तै काठमाडौं उपत्यकामा अर्को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्भाव्यता अध्ययन समेत गर्ने भएको छ।

काठमाडौं उपत्यकामा खानेपानीको वितरण सहज र नियमित तुल्याउन आगामी दुई वर्षभित्र मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने, मेलम्ची आयोजना पूरा हुनुअघि काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा धारा तथा ट्यांकबाट पानी वितरण गर्ने समयतालिका निर्धारण गरी सार्वजनिक गर्ने, तोकिएको समयमा पानी वितरण नगर्ने निकायका प्रमुखलाई कारबाही गर्ने लगायत व्यवस्था समेत बजेटमा उल्लेख छ।

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com