स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने अर्जेन्टाइन स्ट्रार्इकर लियोनेल मेस्सीको नाम नसुन्ने कमै होलान् ।
विश्वभर उनका करौडौं फ्यान छन् ।
मेस्सी फुटबलमा जति जादु गर्छन् त्यति नै
मिलनसार र सहयोगी स्वभावका कारण उनी
फुटबल प्रेमीमाझ छाएका छन् ।
अहिले चिलीमा जारी कोपा अमेरिकामा
ब्यस्त भएका मेस्सीसँग जोडिएको एउटा रोचक
घटना सोमबार सार्वजनिक भएको छ ।
बोको हरामजस्तो विद्रोही समूहले आतंक
मच्चाइरहेको नाइजेरियामा २४ जुनका दिन
अर्जेन्टिनाकै २८ वर्षीय कृषि इन्जिनियर
स्यान्टियागो लोपेज मेनेन्डेज नाइजेरियाको
उत्तर-पश्चिमी सहर कोन्टागोराबाट
अपहरणमा परे ।
हतियारधारी समूहले उनलार्इ काम गरिरहेकै
अवस्थामा अपहरण गरी लग्यो । अपहरण गरी
बन्धक बनाएपछि अपहरणकारीले उनलार्इ निरन्तर
कुटपिट गरिरहे ।
एक वर्षदेखि अफ्रिकी मुलुकमा काम गरिरहेका
उनलार्इ हतियारधारीले हत्या गर्ने उद्धेश्यले
कुटपिट गर्दा पटक पटक जीवनको भिख मागे ।
उनले बन्धक बनाउनेसँग अंग्रेजी बोलेर स्पष्टिकरण
दिँदा पनि उनीमाथि अपहरणकारी जाइ
लागिरहे ।
अपहरणकारीसँग अंग्रेजीमा कुरा गर्दा नबुझेपछि
यी अर्जेन्टाइन इन्जिनियर मेनेन्डेजले जीवनको
भिख माग्दै आफ्नै देशका चर्चित फुटबलर
लियोनेल मेस्सीको नाम लिन पुगे ।
यातना पाइरहँदा मेनेन्डेजले रुँदै पटक पटक भने,
'मेस्सी, मेस्सी, मेस्सी ।' मेस्सीको नाम
लिएपछि अपहरणकारीले उनलार्इ कुटपिट गर्न
छाडे ।
हजारौं पटक जीवनको भिख माग्दा नगलेका
अपहरणकारी अन्तत: मेस्सीको नाम लिएपछि
उनलार्इ जीवनदान दिन तयार भए । जीवनको
माया मारेका मेनेन्डेजले मेस्सीको नाम
लिएपछि ज्यान बचाए ।
नाइजेरियामा अपहरणमा परेका मेनेन्डेज
तीन दिनसम्म बन्धक भएका मेनेन्डेजलार्इ उनी
कार्यरत कम्पनीले अपरहणकारीलार्इ फिरौती
दिइ मुक्त गराउन सफल भयो ।
अपहरणमुक्त भएपछि मेनेन्डेजले अर्जेन्टिनामा
रहेका उनका भाइ जर्ज क्लारिनसँग कुरा गर्दै
मेस्सी नाम लिँदा आफ्नो ज्यान जोगिएको
भन्दै मेस्सीप्रति आभार व्यक्त गरे । 'म
मेस्सीप्रति आभारी छु', उनले भाइसँग भने, 'मैले
नाम लिएकैले उनले मेरो ज्यान बचाए ।'
अपहरणमुक्त भएपछि मेनेन्डेज अहिले सुरक्षित छन् ।
उनी केही दिनमै आफ्नो देश अर्जेन्टिना फर्कने
तयारीमा रहेका छन् ।
Monday, June 29, 2015
New
'नाइजेरियामा अपहरित युवालार्इ मेस्सीले बचाए'
About Ajay Gautam
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
समाचार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment