Wednesday, August 5, 2015

पेटको धर्सा हटाउन यी ५ उपाय अपनाउन सकिन्छ(थाहा पाउनुहोस)

धर्सा भनेको गर्बवती महिलाको ज्यानमा
मात्र हुन्छ भने छैन । मानिस एकै पटक मोटायो
वा महिलाहरु
गर्भवती हुँदा पेट, छाती, तीघ्राको छालामा
यस्ता धर्साहरु देखा पर्छन् । यसलाई खास
नौलो मानिदैन । एक पटक बसिसकेका धर्सा
हटाउन त्यति सजिलो छैन । तर असम्भव पनि छैन
। शरीरमा बसेका धर्सा हटाउने केही प्राकृतिक
उपायहरु छन् ।
१. घ्यूकुमारीः
घ्यूकुमारीलाई अचेल धेरैले एलोभेरा भन्दा
चिन्छन् । एलोभेरा काटेर धर्सा परेको भागमा
केही समय दल्नुहोस् । त्यसपछि मनतातो
पानीले धुनुहोस् । तपाई यो प्रक्रियामा एक
चौथाई एलोभेराको जेल, भिटामिन ए, इको
क्याप्सुललाई आपसमा मिसाएर पनि दिनहुँ दल्न
सक्नुहुन्छ । । केही दिनमा तपाईले आफ्नो
छालामा आएको परिवर्तन महशुस गर्नुहुनेछ ।
२ पानीः
पानीको उपचार तपाईले कहिल्यै महशुस नै
गर्नुभएको छैन होला । तर छालाको सबैभन्दा
राम्रो डाक्टर पानी नै होे । दैनिक १० ग्लास
पानी पिउँनुहोस् । यसबाट तपाईलाई धेरै
किशिमका छालासम्बन्धी समस्याबाट टाढा
राख्न मद्यत पुग्छ । पानी पर्याप्त पिउँने गर्नाले
छालामा भएका स–साना प्लानहरुलाई सफा
राख्न र उपचारका अन्य विधि सफल बनाउन
पानी आवश्यक हुन्छ । छाला सुन्दर बनाउन
चाहनले चिया, कफि सोडाबाट चाहिँ बच्नै
पर्छ ।
३ चिनीः
चिनीमा पनि यस्तो धर्सा हटाउन सक्ने गुण
हुन्छ । सेतो प्राकृतिक चिनी एक चम्चा,
आल्मन्डको तेल थोरै र केही थोपा कागतीको
झोल मिसाउनुहोस् । राम्रो मिश्रण तयार
पार्नुहोस् र त्यसलाई धर्सा भएको स्थानमा
लगाउनुहोस् । १० मिनेटपछि धुनुहोस् । एक
महिनासम्म यसो गर्नाले तपाईको छालामा
आएको परिवर्तन हेरेर आफै दंग हुनुहोस् ।
४. ओलिभ आयलः
ओलिभ आयलमा महत्वपूर्ण पोषक,
एन्टिअक्सिडेन्ट हुन्छ । जसले तपाईको
छालालाई स्वस्थ राख्न मद्यत गर्छ । ओलिभ
आयलले धर्सा भएको स्थानमा मसाज गर्नुहोस् ।
एकघण्टा पछि धुनुहोस । ओलिभ आयलमा भएको
भिटामिन ए, डी र इले छालालाई सुन्दर बनाउँछ

५. आलुको जुसः
धेरै किशिमका भिटामिन र खनिज आलुमा हुन्छ
। यसले छालाको कोष निर्माण र उपचारमा
सघाउ पुर्याउँछ । आलुलाई स्लाइसलाई जस्तै
पातलो गरेर काट्नुहोस् । त्यस्तो स्लाइसलाई
धर्सा भएको स्थानमा केही मिनेट दल्नुहोस् ।
छाला सुख्खा भएपछि मन तातो पानीले
धुनुहोस् । यी पाँच मध्ये तपाईलाई जुन सजिलो
हुन्छ, त्यो प्रयोग गर्न सक्नुहुन्छ । यी उपायहरु
प्रयोग गरि धर्सा हटाउनु होस् र आफ्नो
स्वस्थालाई सुन्दर बनाई स्वस्थ रहनुहोस । स्रोत
: ओ यस नेपाल

No comments:

Post a Comment

About

We are Here to provide you international News

Contact

Kathmandu Nepal @In News office innewsnepal@in.com